पोखरा, १ फागुन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामन्तवादका अवशेष समाप्त पार्न अझै केही समय कुर्नुपर्ने बताएका छन्। जनयुद्ध दिवसको २४ औं वार्षिकोत्सव अवसरमा बुधवार नेकपा कास्कीद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘बुलेट र ब्यालेटबाट राजा हटायौं, अब शान्तिपूर्ण रुपबाट नै सामन्तवादका अवशेष हट्दै जाने छन्।’
‘ब्यालेटबाट नै संविधानसभा र संघीयता अनुसार तीनै तहका निर्वाचन सम्पन्न गर्यौ, नयाँ संविधान बन्यो,’ उनले भने, ‘सामन्तवादको अन्त्य भएपछि जनवादी व्यवस्था सुदृढ हुँदै जान्छ। अहिले बनेका सरकार अघिल्ला सरकारको जस्तो निरन्तरता हैन, हामीले जनवादी सरकार स्थापित गरिसकेका छौ, अब जनतामा विस्तारै आर्थिक समृद्धि आउँछ, उनीहरुको जीवनस्तरमा परिवर्तन आउन शुरु हुन्छ।’
‘नेपालमा जनवादी व्यवस्था सुदृढ र सामथ्र्यसाथ समृद्धितर्फ अगाडि बढ्न जरुरी छ, जनयुद्ध र शान्तिपूर्ण रुपबाट क्रान्ति गरेर आएका दुई कम्युनिष्टबीच शक्तिसन्तुलन गरी एक पार्टी भएको छ,’ उनले भने, ‘अब शान्ति र संविधानको माध्यमबाट नै कम्युनिष्ट अगाडि बढ्न सक्ने भएको छ।’
‘माओवादीले पनि धेरै कुरा सोचविचार गरेर शान्तिप्रक्रियाबाटै राजनीतिक परिवर्तनको बाटो रोजेर आएको हो, जनताको चाहना अनुसार राम्रो काम गर्न सक्यौ भने चार वर्षपछि कम्युनिष्ट झन् ठूलो पार्टी बन्ने दाबी गर्दै मुख्यमन्त्री गुरुङले भने, ‘सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट पनि द्वन्द्वमा भएका सम्पूर्ण घटनालाई टुङ्गोमा पुर्याएर ढिला गर्न हुँदैन।’
संघले प्रदेश र स्थानीय तहलाई निशेष गरेर अगाडि बढेकोप्रति मुख्यमन्नत्री गुरुङले आपत्ति प्रकट गर्दै तीनै तहका सरकार देश भित्रकै सरकार भएकाले निशेषको राजनीतिक नगर्न उनले संघ सरकारलाई आग्रह गरे।
नेकपाका नेता तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले नेकपाभित्रको गुटबन्दी हट्नु पर्ने र अब कुनै पनि कार्यकर्ता कुनै गुटको पछि लागेर नेताको दौरा शुरुवालको फेरो नसमाउने बताए।
‘झम्सीखेलमा हुने गोप्य बैठक र गुटबन्दी पार्टीका कार्यकर्तालाई मान्य हुँदैन,’ नेता अधिकारीले भने, ‘गुटबन्दी त्यागेर पार्टी एक बनाउनेतर्फ शीर्ष नेता लाग्नुको विकल्प छैन।’
२०५२ फागुन १ गतेबाट जनयुद्ध शुरु भएकोमा सशस्त्र संघर्ष १० वर्षसम्म सञ्चालन भएको थियो ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१