पोखरा, १ फागुन । रक्तिम समूहमा फुट खतरा बढेपछि पोखरामा बुधबारदेखि हुने भनिएको चौथो सम्मेलन अन्तिम समयमा आएर स्थगित गरिएको छ। समूहमा जीवन शर्मालाई चुनौती दिँदै महासचिव नारायण योगीले विद्रोह गर्न खोजेका थिए।
दुई दिनअघि बसेको केन्द्रीय समितिको बैठकले सम्मेलन तोकिएकै समयमा आयोजना गर्ने निर्णय बहुमतले गरेको भए तापनि बुधबार महासचिव योगीले विज्ञप्ति जारी गरी सम्मेलन स्थगित गरिएको जनाएका हुन्। तर, लगत्तै शर्माले अर्को विज्ञप्ति जारी गरी सम्मेलन नरोकिने बताएका थिए ।
विवाद बढेपछि शर्मा समूहको बैठक बसी सम्मेलन अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय लिएको हो।
‘समूहमा आउन सक्ने सम्भावित फुट रोक्न हामी एक कदम पछाडि हट्ने निर्णय गर्यौं,’ शर्माले भने। पोखरा सभागृहमा आयोजना हुने भनिएको सम्मेलनमा भाग लिन विभिन्न जिल्लाबाट केही प्रतिनिधि पोखरा आइसकेका थिए।
यसैबीच रक्तिम समूहका महासचिव योगीले गायक शर्माले समूहभित्रका नयाँ प्रतिभालाई माथि उठ्न प्रोत्साहित नगरेको आरोप लगाएका छन् ।
योगी भन्छन्, ‘रक्तिम समूह भन्नेबित्तिकै जीवन शर्माको मात्रै नाम आउँछ। जबकि समूहभित्र अरु पनि प्रतिभावान साथीहरु हुनुहुन्छ। उनले नयाँ पुस्तालाई माथि उठ्ने किसिमको वातावरण बनाउनुभएन।’
२०४३ सालमा स्थापना भएको रक्तिम समूहमा नेकपा मसालप्रति आस्था राख्ने विभिन्न विधाका कलाकार आवद्ध छन्। समूहले १२ भागसम्म गीति एल्बम निकालेको छ। अहिले भने यो क्रम बन्द छ। अहिले गीतहरु बनाएर युट्युवमा राख्ने र चेतनामूलक सडक नाटक प्रहर्शन गर्दै आएको छ ।यसैबीच, रक्तिम सांस्कृतिक अभियानको आयोजनामा बृहत् सास्कृतिक कार्यक्रम सम्पन्न भयो । फागुन १ देखि ३ गतेसम्म हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित भए पनि जीवन शर्मासहितका कलाकारले सांस्कृतिक कार्यक्रममा गीत संगीत प्रस्तुत गरेका छन् ।
–
Related News
सम्बन्धित समाचार
अन्तरबटालियन भलिबल
पाल्पा चिनाउने पाल्पा हाउस
पोखरामा खुल्यो होटल पौवा
वात्स्यायन वृद्धाश्रम अध्यक्षमा ललितबहादुर
पाटाको शिखर सम्मेलन पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९सेती उत्खनन् रोक्न अन्तरिम आदेश
चैत्र ८, २०७९