यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
लेखनाथ, २९ माघ। पोखरा–३२, खुँदीखोलामा रहँदैआएका सुकुम्वासी वडा कार्यालयले दिँदै आएको सेवा सुविधा कटौती गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न माग राख्दै मंगलबार वडा कार्यालय भवन घेराऊ गरेका छन् ।
२०५४ सालदेखि खुँदीखोला किनारको करिब ९ सय रोपनी क्षेत्रफलमा ६ सय ५० घरधुरीमा करिब ४ हजार संख्यामा सुकुम्बासी बस्दै आएका छन् । सयौंको संख्यामा आएका उनीहरुले मंगलवार बिहान १० बजेदेखि वडा कर्यालय घेराउ गरेका हुन्। राज्य पुर्नर्संरचना भैसके पनि जनप्रतिनिधिले आफ्नो सेवा सुविधा कटौती गरेको आक्रोशमा कार्यालय घेराऊ गरिएको उनीहरुले बताए ।
अखिल नेपाल सुकुम्वासी संघ पोखरा–३२ का अध्यक्ष जेवी घलेले विगतका सरकारले दिएका निम्नतम सुविधा लालपूर्जा वितरण नगरिनु, बसाइँसराइ र वडा मार्फत विनियोजित रकम उपलब्ध नगराउनु, वृद्धभत्ता जस्ता निम्नतम् सुविधाबाट वञ्चित गरेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताए ।
उनले सुकुम्बासी समस्या समाधान नगरी दलहरुले भोटको खेती गरेको भन्दै आक्रोश पोखे ।
वडाध्यक्ष अक्कलबहादुर कार्कीले वडामा सुकुम्बासीका समस्या चर्को रुपमा रहेकोले महानगरपालिका र सुकुम्वासी आयोगले जायज माग सम्बोधनमा ध्यान दिनुपर्ने बताउँछन् ।
कार्यक्रममा टोल अध्यक्ष भूपेन्द्र मास्के, अर्जुन मल्ल, सचिव रुपेश परियार, जगत परियार, सुलबहादुर परियार लगायतले राज्यको तर्फबाट पाउने सुविधा वञ्चित गरेमा आगामी दिनमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।
कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन
असाेज ८, २०८०भरतपोखरी साना किसान कृषि सहकारीको सभा
असाेज ८, २०८०प्र्रहरीसँग नेलम्बोको सामाजिक सेवा दिवस
असाेज ८, २०८०‘गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छ’
असाेज ८, २०८०विश्वहिन्दु महासंघ पोखरा–११ मा डिल्लीराम
असाेज ८, २०८०गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि
असाेज ८, २०८०गोल्डेन सहकारीमा कृष्णप्रसाद पोख्रेल
असाेज ६, २०८०काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य
असाेज ७, २०८०
Related News
सम्बन्धित समाचार
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
प्र्रहरीसँग नेलम्बोको सामाजिक सेवा दिवस
‘गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छ’
विश्वहिन्दु महासंघ पोखरा–११ मा डिल्लीराम
गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०