अस्पताल खोल

आदर्श समाज सम्वाददाता
फागुन १, २०७५
gandaki medical college hospital

पोखरा, २९ माघ । गण्डकी मेडिकल कलेजमा विद्यार्थी र व्यवस्थापन पक्षबीच उत्पन्न विवादका कारण अस्पतालमा सातादेखि तालाबन्दी भएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जालले ध्यानाकर्षण भएको जनाएको छ।

सञ्जालले मंगलबारमात्र विज्ञप्ति जारी गर्दै अस्पताल प्रशासनले विद्यार्थीबाट बढी शुल्क लिएको र त्यसबाट उत्पन्न विवादले नागरिकले स्वास्थ्य उपचार पाउनुपर्ने संवैधानिक हकमा गम्भीर अवरोध भएको भन्दै तत्काल समस्या समाधान गरी सेवा सुचारु गर्न माग गरिएको छ ।

‘चिकित्सा शिक्षामा अध्ययन गर्ने सबै तहका विद्यार्थीसँग सरकारले तोकेको शुल्कभन्दा बढी लिएको भन्ने पाइयो, यसप्रकारको अनियमितता तुरुन्त बन्द हुनुपर्छ, अनियमितता गनेर्लाई कानूनबमोजिम कारबाही हुनुपर्छ र अस्पताल अति संवेदनशील क्षेत्र भएकोले तुरुन्त सुचारु बनाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

यसैबीच, कलेज प्रशासनले वार्ता र संवाद माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै अस्पतालको सेवा सुचारु गराउन आवश्यक पहल गरिदिन सम्पूर्णमा सार्वजनिक अपील गरेको छ ।

मेडिकल कलेजको नियमन निकाय चिकित्साशास्त्र अध्ययन संस्थान डिनको कार्यालयबाट माघ २८ मा त्रिवि अनुगमन निदेर्शनालयमा समेत पत्राचार गरी समस्या समाधानतर्फ आवश्यक पहलको प्रयास भएको अवगत गराउँदै कलेज प्रशासनले उत्पन्न विषम परिस्थितिको शान्तिपूर्ण र जिम्मेवार तरिकाले समाधान गर्नुपर्ने अवस्थामा विद्यार्थीको समूहले अस्पतालको रिसेप्सन, बिलिङ काउन्टर समेतका शाखा जर्बरजस्ती बन्द गर्दा आकस्मिक सेवा तथा भर्ना भई उपचार गराइरहेका बिरामीको सेवा समेत पूर्ण रुपमा अवरुद्ध हुन पुगेकोप्रति सार्वजनिक रुपमा ध्यानाकर्षण गराएको हो । साथै आकस्मिक सेवा समेत बन्दले बिरामीको दुःखप्रति क्षमायाचना व्यक्त गर्दै अस्पताल अति संवेदनशील क्षेत्र भएको सन्दर्भमा वार्ता र संवाद माध्यमबाट समस्या समाधानको पहल गर्न सरोकारवाला निकाय, अभिभावक, विद्यार्थी एवं आमसर्वसाधरणमा अपील गरेको हो । अस्पतालको ओपीडीमा अन्य दिन दैनिक ८ सय र आकस्मिकमा करिब ८० जना बिरामी भर्ना हुने गरेकोमा उपचार नपाएपछि बिरामी अन्यत्र जान बाध्य छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width