पोखरा लनर्सको १३ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १, २०७५
learners_Fotor

पोखरा, २९ माघ । पोखरा–७, माछापुच्छे«मार्गस्थित पोखरा लनर्स एकेडेमीले १३ औँ वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ। सो अवसरमा विभिन्न व्यक्तिको सम्मान एवं विद्यार्थीलाई पुरस्कार वितरण गरियो ।

वार्षिक खेलकुद कार्यक्रममा उत्कृष्ट विद्यार्थीका साथै शैक्षिक वर्ष २०७४ मा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरियो। प्रमुख अतिथि गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले विद्यालयले स–साना बाबुनानीहरुमा देशभक्ति, जाति प्रेम, आपसी सद्भाव र संस्कृतिप्रति सजग गराउन सफल भएकोमा विद्यालयको प्रंशसा गरे।

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखा प्रमुख ब्रह्कुमारी अप्सराले शिक्षासँगै आध्यात्मलाई पनि जोड दिन सकेे जीवन सवल र सार्थक हुने बताइन् । विद्यालय संस्थापक निदेर्शक ईश्वरबन्धु गौतमले ‘विद्यार्थीको अथक परिश्रमको प्रतिफल र विद्यालयले उचित शैक्षिक वातावरण निर्माण गरेकोले विद्यालयको शैक्षिक उन्नति उच्च भएको बताए।

विद्यालय संस्थापक प्राचार्य विधान गौतमले विद्यालयको प्रगति विवरण पेश गर्दै भावि योजना समेत प्रस्तुत गरे ।

विद्यालय व्यवस्थापन समिति सदस्य अमृत बरालले निरन्तरको प्रयत्न, कर्मशील शिक्षक र अनुशासित विद्यार्थीका कारण विद्यालय आजको स्थानमा पुगेको दाबी गरे । विद्यालय सहप्राचार्य उष्णा गौतमले स्वागत मन्तव्य राखेको कार्यक्रममा कक्षा १९ की छात्रा सुजिता खड्का वर्ष विद्यार्थी, विक्रम श्रेष्ठ वर्ष शिक्षक, शिक्षक शिव परियार दीर्घसेवा सम्मान र कर्मचारी शिवप्रसाद पौडेल उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भए ।कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त कार्यक्रम शिक्षक कृष्ण लम्साल र छात्रा प्रेरणा बास्तोलाले संयुक्त रुपमा संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • वामपन्थी ज्येष्ठ नागरिक भेला हुँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरामा ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम’ हुने भएको छ । पहिलोपल्ट आयोजित उक्त कार्यक्रम यही ९–१० कात्तिकमा हुने…
  • पोखरामा रगत अभाव

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । चाडपर्वको समय र बढ्दो डेंगुका कारण पोखरामा रगत अभाव भएको छ । रक्त संचार केन्द्र आह्वानमा पोखरामा रगतको…
  • पाेखरामा रास्वपाको मंगलबार पनि विरोध प्रदर्शन (फोटो फिचर)

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । रास्वपाले पोखरामा मंगलबार पनि विरोध प्रदर्शन जारी राखेको छ । पार्टी अध्यक्ष एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि…
  • युनिलिभरको ५० लाख सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    पोखरा । नेपालको सबैभन्दा ठूलो फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसिजी) कम्पनीहरूमध्ये एक युनिलिभर कम्पनीले बाढीपहिरो पीडितलाई सहयोग गरेको छ ।…
  • पोखरामा रास्वपाको निरन्तर विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता कार्तिक ५, २०८१
    पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा विरोध प्रदर्शन गरेको…

hero news full width

trending post

ट्रेन्डिङ्ग