पोखरा, २९ माघ । ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुँमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तालबराही मावि, एसओएस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिब १ सय ५० जना विद्यार्थीको सहभागिता रहेको थियो।
मेरिट पोखराका सदस्य स्वीकृती अधिकारी र अनुषा बरालद्वारा सञ्चालित सो कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरतासम्बन्धी अन्तराष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्र सम्बन्धित विविध विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा बैंकबाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, बचत लगायत विषयमा पनि विद्यार्थीलाई स्पष्ट पारिएको थियो।
यसैगरी बैंकले खैरेनीटार मावि तनहुँका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमाझ पनि वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। स्कूलका प्रधानाध्यापक केशवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले वित्तीय क्षेत्रका विविध विषयमा सहजीकरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९