‘शिक्षाको लगानीले प्रतिफल आएन’

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
nepal school students

लमजुङ, २८ माघ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामा राज्यले गरेको लगानी अनुसार प्रतिफल नआएकोमा चिन्ता व्यक्त गरेका छन्।

सुन्दरबजार–६ स्थित सयपत्री आवासीय माविको ३४औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सोमबार उद्घाटन गदै मुख्यमन्त्री गुरुङले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्।

राज्यको सबैभन्दा बढी लगानी शिक्षाका क्षेत्रमा छ तर उत्पादन न्यून छ, यस्तो दुःखद स्थितिको अन्त्य हुनुपर्छ भन्दै उनले सरकारले सञ्चालन गर्न लागेको विद्यालयको मोडेल पनि सयपत्रीको जस्तै रहेको उल्लेख गरे । उनले प्रदेश सरकारले विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशाला निर्माण गर्ने नीति लिएको जानकारी दिँदै त्यसका लागि मागपत्र आब्हान गरिरहेको उल्लेख गरे।

उनले हरेक वर्ष ४ लाख व्यक्ति एसइईमा पास हुने तर रोजगारी १५/२० हजारले मात्र पाउने अवस्थाको अन्त्य गर्न गाउँगाउँमा आर्थिक गतिविधि हुन आवश्यक रहेको औल्याए। ‘आर्थिक गतिविधि बढेसँगै रोजगारको अवसर खुल्छ,’ उनले भने। उनले ६/७ हजार युवालाई रोजागारमूलक तालिम दिने तयारी प्रदेश सरकार जुटिरहेको समेत जानकारी दिए।

उनले मध्यपहाडी लोकमार्गले जिल्लामा आर्थिक रूपान्तरणमा बरदान सावित हुने बताए। उनले यसको निर्माणमा अवरोध गर्न नहुने र विवाद छिटो टुंग्याउनु पनेर्मा जोड दिए। मध्यपहाडी लोकमार्गको निर्माण क्षेत्रमा सुन्दरबजारमा मात्र विवाद रहेको र आफ्नो निर्वाचन क्षेत्र समेत भएकोले पनि मुख्यमन्त्रीको आफ्नै क्षेत्रमा विवाद नमिलेको गलत सन्देश जाने हुँदा छिट्टै समाधान हुनेमा उनी विश्वस्त देखिए ।

आउँदो वर्षदेखिको बजेट र राजस्व बाँडफाँड तीन तहकै सरकारमा एक तिहाइ दरले हुने प्रधानमन्त्री र सातैवटा प्रदेशका मुख्यमन्त्रीबीच सहमति भएको बताए। उनले स्थानीय तहको विकास निर्माणको काम स्थानीय तहको सरकार र प्रदेश सरकारले गर्नु पर्ने बजेट जति संघीय सरकारले राखेर कहाँ हुन्छ ?  त्यो संविधानको भावना अनुसार भएन भनी आफूहरूले संविधानको भावना अनुसार बजेटको बाँडफाँड हुनुपर्ने माग गरी व्यवहारका कार्यान्वयन गर्न अनुरोध गरेको जानकारी दिए।

संविधानसभा सदस्य जमिन्द्रमान घलेले सयपत्रीको सञ्चालन गर्ने सामुदायिक शैक्षिक गुठीको अवधारणा अत्यन्तै सकारात्मक र सराह्रनीय रहेको बताए। सोही समारोहमा मुख्यमन्त्री गुरुङलाई सुन्दरबजार–२, हटियाको नेवा खलःले १० केजीको माला लगाई सम्मान ग¥यो । आफ्नो प्रतिनिधि प्रदेशको मुख्यमन्त्री भएको खुसीयालीमा सम्मान गरिएको सो कार्यक्रमको संयोजन गरेका द्वय नवीन श्रेष्ठ र कुलकुमार श्रेष्ठले जनाए ।

यसैगरी, सुन्दरबजारस्थित तमु समाज, दुरा समाज र मातृभूमि टोलस्थित कुमाल समाजले समेत मुख्यमन्त्रीलाई सम्मान गरेको थियो।

कार्यक्रममा विद्यालयले संविधानसभा सदस्यद्वय डा भीष्मनाथ अघिकारी र जमिन्द्रमान घले सहित विद्यालयको उन्नयनमा सहयोग गर्ने करिब २५ व्यक्तिलाई सम्मान गरेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रिन्सिपल ज्ञानेन्द्र शर्माले गरेका थिए।

आदर्श समाजकर्मी सम्मानित पहाडी

विद्यालयले आदर्श समाजका लमजुङ संवाददाता नवराज पहाडीलाई समाजसेवा सम्मान–२०७५ द्वारा सम्मान गरेको छ। स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय महासचिव समेत रहेका पहाडीलाई विद्यालयले वार्षिकोत्सव अवसरमा सो सम्मान गरेको हो । मुख्यमन्त्री गुरुङ, विद्यालय अध्यक्ष विष्णुकुमार श्रेष्ठले संयुक्तरूपमा पहाडीलाई सम्मानपत्र गरेका थिए । स्वतन्त्रका महासचिव हुनुका साथै अन्तरङ्ग साप्ताहिक समेत चलाएर पहाडीले जिल्लामा निर्भिक पत्रकारको छवि बनाउन सफल भएका छन्। उनलाई लामो समयदेखि पत्रकारितामार्फत जिल्लाको शैक्षिक तथा समाज रूपान्तरणका एवं सयपत्री विद्यालयको शैक्षिक उन्नयनमा गरेको अतुलनीय योगदानको उच्च मूल्यांकन गदै समाज सेवा सम्मान–२०७५ प्रदान गरिएको विद्यालय प्रिन्सिपल शर्माले बताए। कार्यक्रममा पहाडीसहित पत्रकार गणेश पाण्डे र श्याम शीत्तल पनि सम्मानित भए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width