बुटवल, २८ माघ । प्रदेश ५ का प्रमुख उमाकान्त झाले भ्रष्टाचार न्यूनीकरणको लागि प्रतिबद्धता जाहेर गरेर मात्र नहुने बताएका छन्। प्रतिबद्धता अनुसार काम गरेर देखाउनु पर्ने बताउँदै राज्यका महत्वपूर्ण निकायले पूर्ण रुपमा अनुगमन गर्नुपर्ने उनले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १८ औं स्थापना दिवस अवसरमा सोमबार बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले नागरिक समाज, पत्रकार जागरुक बन्न सके भ्रष्टाचार न्यूनीकरण हुने बताए।
मुख्यमन्त्री शंकर पोखरेलले आयोगले अनुसन्धानलाई प्रभावकारी बताउनुपर्ने बताए । उनले आयोगमा उजुरी बढ्दैमा भ्रष्टाचार बढेको मान्न नसकिने बताए। गलत नियतका कारणले उजुरी बढ्दा विकास निर्माणमा अवरोध सिर्जना भएको मुख्यमन्त्री पोखरेलले बताउँदै अब्यवहारिक कानून निर्माणले गर्दा पनि भ्रष्टाचार बढेको बताए।
रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भ्रष्टाचारको मूल क्षेत्र पहिचानको आवश्यकता रहेको बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीमा दर्ता भएको उजुरीका आधारमा रुपन्देही जिल्लामा सबैभन्दा धेरै भ्रष्ट्रचार हुने जिल्लामा पर्दछ भने रुकुम पूर्व सबैभन्दा कममा पर्दछ।
आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्म आयोगमा परेको ८ सय ८८ वटा उजुरीमध्ये रुपन्देही जिल्लाको २ सय ९५ वटा उजुरी परेको छ भने रुकुम पूर्वको ५ वटा दर्ता हुन आएको छ।
त्यस्तै कपिलवस्तु जिल्लाको १ सय ९७, नवलपरासी पश्चिमको १ सय ७९, अर्घाखाँचीको ७२, पाल्पाको ५३, गुल्मीको ४८, रोल्पाको २७, प्यूठानको १२ वटा उजुरी आयोगमा दर्ता भएको छ ।
आयोग रुपन्देही प्रमुख रविलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध टेलिभिजनका कार्यकारी अधिकृत विष्णुप्रसाद भुषाल, ज्ञानु पौडेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुपन्देहीका उपसचिव नारायण पाण्डेयले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९