अमरसिद्धमा प्राविधिक शिक्षाको माग

आदर्श समाज सम्वाददाता
माघ २९, २०७५
amarshida mabi_Fotor

लेखनाथ, २८ माघ। पोखरा–३१, पचभैयाँस्थित अमरशिद्ध नमूना माविमा होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजम विषयको प्राविधिक शिक्षा आवश्यकता रहेको बताइएको छ।

विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा बोल्ने अधिकांश वक्ताले बेगनास र रुपाताल स्वयंमा पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको पर्यटन विकासका लागि पनि होटल म्यानेज्मेन्ट र ट्राभल एण्ड टुरिजमको पढाइ हुनु आवश्यक भएकोमा जोडग दिएका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख नारायणप्रसाद सुवेदीले प्रविधिमैत्री पढाइलाई ध्यान दिँदै हिजोको शिक्षा प्रणाली आज आएर गुणस्तरीय हुन नसक्ला त्यसैले समयको माग अनुसार परिवर्तन हुन सक्नुपर्ने सुझाव राखेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदरभक्त थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा भण्डारढिक स्रोतकेन्द्रका स्रोतब्यक्ति विष्णु तिवारी, वडा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, जिल्ला समन्वय समिति उपाध्यक्ष सावित्री भण्डारी, त्रिभुवन शान्ति मावि प्रधानाध्यापक मित्रलाल सापकोटा, अभिभावक बोधराज पाण्डे,  पार्टी प्रतिनिधि दीननाथ ढकाल र धु्रवनाथ अधिकारी लगायतले ब्यवहारिक र जीवनोपयोगी शिक्षा नै अहिलेको आवश्यकता भएको विचार राखेका थिए।

विद्यालय प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले विद्यालयको प्रगति विवरणसहित भावी योजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा लामो समयसम्म सेवा गदै आएका शिक्षक सीता अधिकारी र असल अभिभावकमा रानी विक, बोधराज पाण्डे र मूना सुनारलाई सम्मान गरिएको थियो।

विद्यालयका शिक्षक रमेश सुवेदीले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य विद्यार्थी सुनिता गुरुङ र धन्यवाद ज्ञापन शिक्षक–अभिभावक संघका अध्यक्ष प्रकाश सापकोटाले गरेका थिए। कक्षा ११ र १२ मा व्यवस्थापन र मानविकी संकायको पढाइ हुँदै आएको उक्त विद्यालयमा हाल चार सय पाँच जना विद्यार्थी अध्यनरत छन्।

Related News

सम्बन्धित समाचार

  • पिङ संरक्षणमा जुटे युवा

    रासस असाेज २८, २०८१
    दमौली । विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ…
  • गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

    रासस असाेज २८, २०८१
    काठमाडौं ।  मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् ।…
  • बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

    रासस असाेज २७, २०८१
    दमौली ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही…
  • कालिका मन्दिरमा चार लाख दर्शनार्थी

    रासस असाेज २६, २०८१
    गलकोट । यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले…
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    रासस असाेज २६, २०८१
    सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।…

hero news full width