पोखरा, २९ माघ । नाफा आर्जन गर्ने प्रतिष्ठानमा काम गरेर सबैभन्दा न्यून तलब पाउनेले आठ महिना बराबरको तलब बोनस पाउने व्यवस्था गर्न संसदको कानून न्याय तथा मानवअधिकार समितिले प्रस्ताव गरेको छ।
ऐन मार्फत् संसदमा सरकारले दर्ता गराएको बोनस ऐन माथिको दफावार छलफलपछि समितिले बोनस ऐनमा संशोधनको प्रस्तावसहितको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
समिति सदस्य कृष्णभक्त पोखरेलका अनुसार बोनस ऐनमा हाल भएको ६ महिनासम्मकोमात्र बोनस पाउने व्यवस्थामा संशोधन गरेको हो। नेपाल सरकारले तोकेको न्यूनतम तलब वा त्यसको दोब्बरसम्म तलब पाउनेले ८ महिना बराबरको बोनस पाउने छन् भने दोब्बर बढी तलब पाउनेले ६ महिना बराबरकोमात्र पाउने छन्। हाल यस्तो अनुपात ६ र ४ महिना रहेको छ।
कुनै पनि नाफा आर्जन गर्ने कम्पनीले वर्षमा कमाएको नाफाबाट १० प्रतितशत कर्मचारीका लागि छुट्याउनुपर्छ। यसरी छुट्याएको रकमबाट कर्मचारीलाई वितरण गर्दा बचत भएपछि प्रतिष्ठानमै रहेको कल्याणकारी कोषमा ७० प्रतिशत जम्मा हुन्छ भने ३० प्रतिशत केन्द्रीय कल्याणकारी कोषमा जम्मा हुन्छ ।
यही संशोधन मार्फत् केन्द्रीय कल्याणकारी कोषमा जाने रकम योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा जाने व्यवस्था गरिएको छ। संसदको पूर्ण बैठकमा पेश भएर पारित भएपछि नयाँ व्यवस्था लागू हुनेछ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९