पोखरा, २७ माघ। सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीले आईतबारदेखि रिले अनसन थालेका छन् ।
नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेभन्दा बढी अबैध रुपमा कलेजले शुल्क लिएको भन्दै उनीहरु बढी रकम फिर्ताको माग सहित माघ १७ गतेदेखि आन्दोलनमा छन् । हरेक बर्षजसो विद्यार्थी शुल्कको विरोधमा आन्दोलन गर्छन् । तर कलेजले अबैध शुल्क लिन छोडेको छैन ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका छन् । तर प्रशासनले समेत कारबाहीमा चासो नदिएको उनीहरुको आरोप छ । आन्दोलन गरेको आधा महिना भैसक्यो, विद्यार्थीको माग कसैले सुनेन । न कलेज प्रशासन बार्तामा आउँछ, न प्रशासनले कारबाही गर्छ, विद्यार्थी प्रविन गौतमले भने–हाम्रो माग पूरा नभएसम्म रिले अनसन जारी हुन्छ ।
कलेजले सबै विद्यार्थीसँग बषेर्नी तोकिएभन्दा १ देखि ३ लाखसम्म बढी रकम असुलेको विद्यार्थीहरुले बताए । विद्यार्थीले गरेका आन्दोलनलाई अभिभावकहरुले समेत सहयोग गरेका छन् । एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, ब्याचलर इन फामेर्सी, बिएस्सीका विद्यार्थीले आन्दोलन थालेपछि कलेजको पढाई समेत ठप्प छ । एक सातादेखि कलेजमा तालाबन्दी छ । त्यसपछि पनि नसुनेको भन्दै माघ २२ गते अस्पतालको ओपिडी तथा सुपरिटेण्डेण्टको कार्यकक्षमा विद्यार्थीले सामुहिक तालाबन्दी गरे । तर कलेज प्रशासनले चाहीँ अवैध रुपमा शुल्क नलिएको दावी गर्छ । अस्पतालको ओपिडी सेवा बन्द गरेकै दिन सहायक डीन प्राडा. राजेन्द्र प्रसाद शर्मा गुरागाईले विद्यार्थीको मागबारे सबै रिपोर्ट पठाउन र तत्काल पठनपाठन सुरु गर्न पत्र पठाएका थिए । कलेज प्रशासनले चाहीँ संस्थानले अनुगमन गर्ने र संस्थानकै निर्णय कार्यान्वयन गर्ने भन्दै डिनले लेखेको पत्रको जवाफ फर्काएको छैन । ‘हाम्रो अनुगमन गर्ने भिसीले हो । डिनले पठाएको पत्र मान्नुपर्ने बाध्यता छैन, कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले भने–भिसी कार्यालयले गरेको निर्णय हामी स्विकार्छौ ।
Related News
सम्बन्धित समाचार
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
hero news full width
मुख्य समाचार
गण्डकीमा अब मुख्यमन्त्री को ?
सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९सेती उत्खनन् रोक्न अन्तरिम आदेश
चैत्र ८, २०७९मध्यपहाडीको मार : रुट फेर्न वडा कार्यालयमा ताला
चैत्र ८, २०७९होटल पौवाको ११ औं शाखा पोखरामा
चैत्र ८, २०७९पाल्पा हाउस १० चैतमा उद्घाटन हुने
चैत्र ८, २०७९