बुटवल, २६ माघ । मानवअधिकार तथा शान्ति समाज संस्थापक सभापति कृष्ण पहाडीले नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलामा अमेरिकाको हस्तक्षेपलाई लिएर जारी गरेको विज्ञप्तिमा अमेरिकालाई गाली गर्न नहुने बताएका छन्।
रिपोटर्स क्लब प्रदेश ५ बुटवलले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मानवअधिकारीवादी नेता कृष्ण पहाडीले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले भेनेजुएलाको समर्थन दाहालले गर्न पाउने तर अर्को पक्ष अमेरिकालाई गाली गर्न नमिल्ने बताए।
उनले यो प्रकरणमा विश्वमा जनमत विभाजित भैरहेको भन्दै चीन भारतका आ–आफ्नौ अन्तराष्ट्रिय स्वार्थ रहेको सोही अनुसारको धारणा बनाएको बेला नेपालका नेताहरु पनि आफ्नो धारणा राख्नु गलत नहुने तर एउटालाई समर्थन गर्दा अर्को पक्षलाई गाली गर्न नहुने बताए।
उनले भने, ‘उहाँ (दाहाल) ले आफ्नो धारणा राख्नु स्वावभिक होला तर अहिले नै अमेरिकालाई नानाथरीले गाली गर्नु उपयुक्त होइन किनकि अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरेको छैन।’
पहाडीले नेपालमा भ्रष्टाचार तिनै तहमा देखिएको भन्दै भ्रष्टाचारलाई शून्य सहनशीलतामा ल्याउनको लागि सबै एकजुट हुनुपर्ने बताए। जहाज खरिद प्रकरणमा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको राजीनामाको माग दोहो¥याए।
उनले प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीलाई बर्खास्त गर्न नसक्नु ठूलो कमजोरी भएको टिप्पणी गरे । उनले स्थानीय तहमा समेत भागभन्डा गरेर भ्रष्टाचार गर्ने चलन वृद्धि भएको बताए।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९