हेमजा, २६ माघ। आपराधिक क्रियाकलाप हुनुमा वित्तीय प्रमुख कारण पाइएको कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाको भनाइ छ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बगर तथा कैलाश विकास बैकको संयुक्त आयोजनामा शनिवार पोखरा १, २ र ३ का महिलाका लागि वित्तीय साक्षरता तथा क्षमता अभिवृद्घि कार्यक्रम उद्घाटन गर्दै प्रहरी उपरीक्षक रानाले त्यस्तो बताएका हुन्।
उनले धेरै भए पनि चिन्ता, नभए पनि चिन्ता हुने एकमात्र वस्तु पैसा भएको औँल्याउँदै त्यसको सदुपयोग गर्नुपनेर्मा जोड दिए।
कास्कीमा धेरै ठगीका घटना हुने गरेकोतर्फ संकेत गर्दै उनले महँगो व्याजदर पाइने लोभमा कसैसँग नफस्न पनि अनुरोध गरे।
कैलाश विकास बैंकका क्षेत्रीय प्रबन्धक बुद्घिराज बरालले समृद्घिका लागि वित्तीय साक्षरता पनि अनिवार्य भएको औल्याउँदै नेपालको परिवेशमा कतिपय डाक्टर, इञ्जिनियर, प्राध्यापक नै आर्थिक मामिलामा निरक्षर भएको औँल्याए।
मिटर व्याजमा पैसा लगाउने तथा ढुकुटी खेल्ने कार्य गैरकानूनी भएको र त्यसतर्फ सचेत रहन सबैमा उनले अनुरोध पनि गरे।
उक्त कार्यक्रममा सामुदायिक बगर अध्यक्ष मनपति भण्डारी, पूर्व अध्यक्षद्वय जीवन अधिकारी र पुरुषोत्तम श्रेष्ठ, बगर प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक थापा, बैंकका वीपीचोक शाखा प्रमुख बालकृष्ण बम लगायतले बोलेका थिए। उनीहरुले पैसालाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने, पैसालाई दैनिक उपभोग्य सामग्री किनबेचमा मात्रै सीमित गर्न नहुने औँल्याए।
कार्यक्रममा क्षेत्रीय कार्यालयका उपप्रबन्धक अम्बिका शर्माले सहजीकरण गरेकी थिइन्।
सामुदायिक बगर अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रका सहसचिव शिवराज अधिकारीले स्वागत र बैंकका बगर शाखा प्रबन्धक सन्तोष रानाभाटले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९