काठमाडौँ, २७ माघ । नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिश गरेको छ ।
नेपाल प्रहरीको जनपद समूहअन्तर्गत शनिबार बसेको बढुवा समितिको बैठकले सिफारिश सूची प्रहरी नियमावली २०७१ (संशोधनसहित)को नियम २७ को उमनियम (४) अनुसार उनीहरुलाई बढुवाका लागि सिफारिश गरिएको बढुवा सिफारिश समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले जानकारी दिए ।
यसरी एसएसपी बढुवा सिफारिश भएकामा सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीम ढकाल छन् ।
यस्तै डिएसपीबाट एसपीमा बढुवा सिफारिश हुनेमा रमेशकुमार बस्नेत, हिराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाईं, डा मेखबहादुर खत्री, विनोद सिलवाल, भीमबहादुर दाहाल, रमेश थापा, प्रकाश रानाभाट, विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पङ्गेनी, हेमकुमार थापा, अजय केसी, नवराज अधिकारी र वीरहादुर बुढामगर छन् ।
उनीहरुको उजुरीका लागि एक हप्ताको समय हुने र त्यसपछि गृहमन्त्रीस्तरीय निर्णयमा बढुवा हुने प्रावधान रहेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९