कालीगण्डकी करिडोर अन्तरगत बेनी–जोमसोम सडक कालोपत्र हुदै

रासस
माघ २७, २०७५
Kaligandaki-Koridor


गलेश्वर, २७ माघ । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक चैतबाट कालोपत्र हुने भएको छ ।

प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको ४० प्रतिशत भौतिक प्रगति भएको बताउँदै अहिले चार प्याकेजमा धमाधम काम भइरहेको र आगामी चैतदेखि कालोपत्रको काम शुरु गरिने जानकारी दिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा सञ्चारकर्मीसँगको भेटमा आयोजना प्रमुख अधिकारीले बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

बेनीदेखि कोरलासम्मको १८६ किलोमिटर सडकमा ११ प्याकेजमा काम भइरहेको जानकारी दिँदै आयोजना प्रमुख अधिकारीले चालू आर्थिक वर्ष्भित्र विभिन्न ठाउँमा मोटरेबल पुल निर्माणबाहेक जोमसोम–कोरला सडक स्तरोन्नतिको काम सकिने दाबी गरे ।

Related News

सम्बन्धित समाचार

  • दसैँँका लागि घर सजाउँदै

    रासस असाेज १४, २०७९
    दोधारा चाँदनी । यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरु दसैँँका लागि घर सजाउन व्यस्त छन् । अहिले घर चिटिक्क पार्ने, आँगन…
  • पत्रकार आचार्य र जोशी सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज १३, २०७९
    नेपालगञ्ज । हरिजमुना स्वतन्त्र पत्रकारिता पुरस्कार पत्रकार रामप्रसाद आचार्यलाई प्रदान गरिएको छ । त्यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कार निशु जोशीलाई प्रदान…
  • सृजना विकास केन्द्रमा कृष्ण थापा

    आदर्श समाज सम्वाददाता असाेज १२, २०७९
    पोखरा । सृजना विकास केन्द्रको ४५ औं साधारण सभाले अध्यक्षमा कृष्णबहादुर थापालाई निर्वाचित गरेको छ । अध्यक्षका प्रत्यासी चन्द्र गिरिलाई पराजित…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • व्याकुल माइलालाई  मासिक ५० हजार, सत्यमोहनलाई एक नर्स

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा ।  सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई सहज जीवन यापनको लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध…

hero news full width