पोखरा, २५ माघ । पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ ।
संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन गर्नुका साथै व्यवसाय व्यवस्थापन तालिमको सुरुवात गरेको छ । संघको सचिवालयमा भएको झण्डोत्तलन कार्यक्रममा अध्यक्ष दामु अधिकारी, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसमितिका सदस्य तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवकै अवसरमा आयोजित व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालिमको उद्घाटन समेत गरिएको छ । संघका अध्यक्ष दामु अधिकारीले पोखराको आर्थिक र सामाजिक विकासको अगुवा र सहयात्रीको रुपमा क्रियाशिल संस्थालाई अझ मजबूत र सवल रुपले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघको जस्तै नाम सुनिने अमूक संस्थाहरुबाट संघ तथा सिंगो निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधि भएप्रति असन्तुष्टी जनाउँदै उनले संघको गरीमा घटाउने व्यवहार अस्वीकार्य हुने बताए ।
उद्योगी÷व्यवसायीको हक हितको लागि २०११ साल माघ २५ गते विधिवत् रुपले संघको स्थापना भएको थियो । २००७ सालको राजनीतिक परिवर्तनपछि पोखरामा स्थापना यो नै जेठो सामाजिक संस्था हो ।
‘उद्योगी÷व्यवसायीहरुको हक हितको लागि स्थापना भए पनि यो चेतनाको संवाहक संस्था हो’,संघका पूर्व कार्यसमिति सदस्य तथा सँस्कृतिकर्मी तीर्थ श्रेष्ठले भन्नुभयो,‘ पोखराको समग्र आर्थिक, साँस्कृतिक र शैक्षिक उन्नयनको लागि संघको भूमिका महत्वपूर्ण रहेको छ ।’
संघका पूर्व अध्यक्ष सुरेशकुमार राजभण्डारीले संघले आफूलाई कहिल्यै वर्गीय दायरामा मात्र सिमित गरेन बरु यहाँका सबैजसो विकास निर्माणमा सक्दो सहयोग पु¥यायो ।’
संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठको विचारमा सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायको अवधारणाको श्रेय पोखरा उद्योग वाणिज्य संघलाई दिँदा अन्यथा हुँदैन । उनका अनुसार संघले उद्योगी÷व्यवसायीको हक हित रक्षा गर्ने सिलसिलामा पनि सामाजिक दायित्व बिर्सेन । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुनु ।
कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले तालिमहरु व्यक्तिको दक्षता बढाउने अभियानको हिस्सा भएको स्पष्ट पार्दै तालिमबाट सक्दो लाभ लिन सहभागीहरुलाई आग्रह गरे । संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको तालिममा विभिन्न व्यवसायिक प्रष्ठिानका २६ जना उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९