कल्याण शेरचनको आठौं स्मृति दिवस

शिक्षासेवीको योगदानको कदर

आदर्श समाज सम्वाददाता
माघ २५, २०७५
kalyan serchan smriti_Fotor

प्रतिष्ठानद्वारा अभिनन्दित शिक्षासेवी गणेशबहादुर गुरुङ (दायाँ) र पुरस्कृत शिक्षासेवी रूपबहादुर गुरुङ। साथमा प्रतिष्ठान अध्यक्ष क्या. पूर्ण ह्योल्मो।

प्रतिष्ठानद्वारा अभिनन्दित शिक्षासेवी गणेशबहादुर गुरुङ (दायाँ) र पुरस्कृत शिक्षासेवी रूपबहादुर गुरुङ। साथमा प्रतिष्ठान अध्यक्ष क्या. पूर्ण ह्योल्मो।

पोखरा, २४ माघ। कल्याण शेरचन स्मृति प्रतिष्ठानले शिक्षासेवी गणेशबहादुर गुरुङलाई अभिनन्दन गरेको छ।

लोकस्रष्टा कल्याण शेरचनको आठौं स्मृति दिवस अवसरमा विहीवार पोखरामा आयोजित समारोहमा शैक्षिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएकोमा प्राध्यापक गुरुङलाई अभिनन्दन गरिएको हो।

प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख शिक्षाविद् जर्ज जोनले गुरुङलाई दोसल्ला ओढाएर अभिनन्दनपत्र प्रदान गरे ।

पर्वतको ठानामौलामा १९९५ सालमा जन्मेका गुरुङले विसं २०२६ देखि २०५९ सम्म पृथ्वीनारायण क्याम्पस सहित विभिन्न शैक्षिक क्षेत्रमा अध्यापन गरेका थिए। २०२६ सालमा प्राध्यापक शुरु गरी २०३३ सालदेखि ०३६ सालसम्म दाङस्थित महेन्द्र मोरङ क्याम्पस प्रमुख, २०४० देखि २०४७ सम्म पृथ्वीनारायण क्याम्पस प्रमुख हुँदै २०५९ सालमा प्राध्यापनबाट निवृत्त भएका थिए । प्रबल गोर्खा दक्षिणबाहु पदकबाट समेत विभूषित गुरुङ तमु धिं नेपालका सल्लाहकार प्रमुख, तत्कालीन तमु छोंज धिंको संस्थापक अध्यक्षहुँदै राजसभा स्थायी समितिको सदस्य समेत रहेर सेवा गरेका छन् ।

यस्तै, समारोहमा ५२ वर्षदेखि शिक्षण सेवामा रहेका शिक्षासेवी रुपबहादुर गुरुङलाई सम्मान गरियो । पोखराको सूयोर्दय बोर्डिङ स्कूलका संस्थापक प्राचार्यसमेत रहेका गुरुङलाई प्रतिष्ठानले २५ हजार १ रुपैयाँसहित सम्मान गरेको हो।

तनहुँ शुक्लागण्डकी जसपुर गाउँ भई पोखरा दीप निवासी गुरुङ २०४१ सालमा नेपाल सरकारबाट राष्ट्रिय शिक्षा पुरस्कारबाट पुरस्कृत लगायत जिल्ला शिक्षा कार्यालय कास्कीबाट पटक पुरस्कृत भैसकेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जोनसहित प्रतिष्ठान प्रमुख संरक्षक शर्मिला शेरचन, प्रतिष्ठान अध्यक्ष क्या.पूर्णबहादुर ह्योल्मो, तमु परिवार अमेरिकाका अध्यक्ष डम्बरजंग गुरुङलगायतले सम्मानित व्यक्तित्वलाई नगद र ताम्रपत्र प्रदान गर्दै दोसल्ला, माला, खादा लगाइएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि जोनले अभिनन्दित र सम्मानित गुरुङद्वय आफ्नै विद्यार्थी रहेको चर्चा गर्दै शैक्षिक उन्नयनमा उनीहरुको अतुलनीय योगदान रहेको उल्लेख गरे। उनले कल्याण शेरचन बहुप्रतिभावान भएकै कारण सबैको मन मनमा बस्न सकेको बताए। भौतिक रुपमा शेरचन नभए पनि लोकसंस्कृति, खेलकुद र शिक्षामा उनको योगदान अमर रहने उनले स्मरण गरे ।

अभिनन्दित व्यक्तित्व गणेशबहादुर गुरुङले अभिनन्दनले जीवन सार्थक भएको महसुस भएको बताए । गण्डकी प्रदेशको लोकसांस्कृतिक उत्थानमा स्व. स्रष्टा कल्याण शेरचनको महत्वपूर्ण योगदान रहेको चर्चा गरे।  उनले स्व. शेरचनसँगको भेट, उनको योगदानको चर्चा गर्दै बहुमुखी प्रतिभाशाली स्रष्टा अल्पायुमै गुमाउँदा मुलुकलाई धेरै नोक्सान पुगेको उल्लेख गरे ।

अर्का सम्मानित व्यक्तित्व रुपबहादुर गुरुङले स्व. कल्याण शेरचन बहुमुखी प्रतिभा रहेको बताए। अभिनन्दित र सम्मानित व्यक्तित्व चयनका लागि कल्याण शेरचन स्मृति प्रतिष्ठानका सल्लाहकार मेनकाजी गुरुङको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा र उपाध्यक्ष श्रीजंग गुरुङ सदस्य रहेको श्रष्टा छनौट समितिले गुरुङद्वयलाई सिफारिस गरेको थियो।

कार्यक्रममा भगिनी संस्था रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष रामबहादुर गुरुङले अत्यन्तै उदाहरणीय कार्य गर्दै आएको प्रतिष्ठानलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए ।

प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले अभिनन्दित र सम्मानित व्यक्तित्वको जीवनी तथा कलाकार क्षेत्र गुरुङले स्रष्टा कल्याण शेरचनसँगको आफ्नो यात्राबारे प्रकाश पारेका थिए।

प्रतिष्ठानले लोकसाधक र शील्पीसमेत रहेका कल्याण शेरचनको स्मृतिमा माघ १८ गते ‘लोक संस्कृति संरक्षणमा हाम्रो दायित्व’ विषयक अन्तरविद्यालय निबन्ध प्रतियोगिता गरेको थियो। सो प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो। प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कूलका सृजना गुरुङ प्रथम, सोसल पब्लिकका कृतिका थापा द्वितीय, राइजिङ स्टार एकेडेमीकी कृति खाती तृतीय तथा कास्की मोडर्नाइज्डकी श्रृंखला पराजुली र बालप्रभात माविका कश्यप रानाभाट सान्त्वना भएका थिए । प्रथम पुरस्कार ७ हजार, द्वितीय ५ हजार, तृतीय ३ हजार र सान्त्वना पुरस्कार १ हजार थियो।

कार्यक्रममा प्रतिष्ठान नयाँ आजीवन सदस्य चीजकुमारी गुरुङ, सीता दुरा, धर्मा गुरुङ, दुर्गाप्रसाद सुवेदी, योगेन्द्र शर्मा दाहाल र बुद्धिसागर खनाललाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो। प्रतिष्ठान अध्यक्ष क्या. पूर्ण ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष श्रीजंग गुरुङले स्वागत र सहसचिव प्रेमराज अधिकारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हर्पनकोट माविमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    हेमजा । पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले विद्यार्थीले गर्ने अतिरिक्त क्रियाकलापको पनि मूल्यांकन हुनुपर्ने बताएका छन् । पोखरा २३ स्थित…
  • फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय ती पुरुषको पहिचान खुल्न सकेको छैन…
  • सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइमा लगातार धर्ना जारी राखेको छ । परिषद् कास्कीले पनि पोखराको…
  • कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पत्रकार कृष्णमणि बरालले वातावरण पत्रकारिता पुरस्कार–२०२२ पाउने भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण…
  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…

hero news full width

Recent Posts

भर्खरै