८४८ उपसचिवको समायोजन

रासस
माघ २५, २०७५

काठमाडौँ, २४ माघ । सरकारले ८ सय ४८ उपसचिवको समायोजन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८ सय ४८ उपसचिवको समायोजन गरिएको बताए ।

उनका अनुसार संघमा ८ सय ३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ ।

समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।

उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए ।

सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गदैर्छ ।

सरकारले यसअघि सचिवको समायोजन गरिसकेको छ भने सहचिवको समायोजन प्रक्रिया स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ ।

कूल ६ सय ६२ सहसचिवमध्ये संघमा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिवको समायोजन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • मतदानमा सहभागी हुन मुख्यमन्त्रीको आग्रह

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न…
  • डेढ घण्टा हिँडेर विद्यालय

    रासस मंसिर ३, २०७९
    पाल्पा । निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्नुहुन्छ । उहाँ गाउँदेखि करिब डेढ…
  • निर्वाचन तयारी : बार लगाउने, तारले छेक्ने

    धनबहादुर गुरुङ मंसिर ३, २०७९
    पोखरा । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि कास्कीका मतदानस्थलमा आवश्यक तयारी तीव्र पारिएको छ ।…
  • नमुना मतदान केन्द्र सम्हाल्दै महिला कर्मचारी

    आदर्श समाज सम्वाददाता मंसिर २, २०७९
    पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले…
  • मौन अवधिमा प्रचार गरे रु २५ हजार जरिवाना

    रासस मंसिर २, २०७९
    काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ ।…

hero news full width

Recent Posts

भर्खरै

trending post

ट्रेन्डिङ्ग