जानकी आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस समारोहमा मन्त्री गुरुङ सहित अतिथि। तस्वीरः हरि बास्तोला
पोखरा, २४ माघ। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शिक्षालाई श्रम र उत्पादनसँग जोडिनु पर्ने बताएका छन्।
पोखरा–१७, महतगौंडास्थित जानकी आधारभूत विद्यालयको ४१ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विहीवार उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताए।
शिक्षा क्षेत्रमा राज्यको ठूलो लगानी हुँदै आएको बताउँदै उनले त्यसको सही सदुपयोग गर्न व्यवस्थापन समिति, शिक्षक र अभिभावक जिम्मेवार हुनु पनेर्मा जोड दिए।
माविस्तरको शिक्षा स्थानीय तहलाई जिम्मा लगाउने गरी कानून निर्माण भइरहेको जानकारी गराउँदै मन्त्री गुरुङले भौतिकरुपमा सम्पन्न सामुदायिक विद्यालयले शैक्षिक सुधारतर्पm लाग्नु पर्ने धारणा राख्नुभयो।
गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले शैक्षिक संस्थाको विकास र गुणस्तरीय शिक्षाका लागि पार्टी विशेष नभई जनहितका लागि काम गर्नुपनेर्मा जोड दिए।
कार्यक्रमा स्थानीय शिक्षाप्रेमी चूडामणि भण्डारीले १ लाख १५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रअ गोपाल पौडेललाई चोक हस्तान्तरण गरेे।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, शिक्षा अभिभावक संघका अध्यक्ष लगायत विद्यालयमा लामो समय अध्यापनरत शिक्षक रघुनाथ भण्डारी, सीता घिमिरे र भीम रिजाललाई सम्मान गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिकाराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडाध्यक्ष तीर्थ अधिकारी, नेकपाका सुभाष ढुङ्गाना, नेका सभापति देवराज आचार्य, छोरेपाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष झपिन्द्रराज रेग्मी लगायतले शिक्षाको महोत्व माथि प्रकाश पारेका थिए।
कोमल लक्ष्मी छात्रवृत्ति अक्षयकोषदाता वीरेन्द्रनारायण विजुकुच्छेले शैक्षिक सत्र २०७४ को जेहेन्दार छात्रवृत्ति रकम वितरण गरे ।
विद्यालय प्रअ गोपालराज पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम थापाले स्वागत र शिक्षक तुलसी गिरीले सञ्चालन गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
पोखरामा खटिए नयाँ नगर प्रहरी
hero news full width
मुख्य समाचार
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०