पोखरा, २३ माघ। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पर्यटन व्यवसाय विकास तथा शान्ति सुरक्षासम्बन्धी अन्तक्र्रिर्या सम्पन्न भएको छ।
प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद राजीव पहारीले बैदाम क्षेत्रको विकासका लागि एक संयन्त्र बनाएर अघि बढ्नुपनेर्मा जोड दिए। उनले भने, ‘बैदाम क्षेत्रको विकास कार्यमा विभिन्न व्यक्तिको फरक–फरक धारणा आउन सक्छ, सबैलाई मिलाएर संयन्त्र बनाऔं, सो संयन्त्रले जे निर्णय गर्छ। त्यही मान्यहोस्।’
प्रदेश सांसद भएको नाताले आफू अहिले नीति निर्माण बनाउने तहमा रहेको र कुनै विकास कार्यमा तत्काल बजेट निर्णय गर्न नसक्ने अवस्थामा रहे पनि आफ्नो क्षेत्रको विकास र उन्नति कसरी हुन्छ भन्नेमा आफू चिन्तित रहेको बताए। ‘मलाई बैदामे सांसद वा फेवातालको सांसद भने पनि फरक पदैर्न,’ सांसद पहारीले भने, ‘शुरुवातदेखि नै सांसदको तलबभत्ता वापतको रकम पनि सामाजिक क्षेत्रमा लगाउने गरेको छु। फेवाताल संरक्षणको लागि लडेर १० करोड पार्न सफल भएँ। छिट्टै लेकसाइड क्षेत्रको खाली जग्गा उपयोग गरी सुविधासम्पन्न पार्क बनाउने योजना छ।’
लेकसाइड पर्यटकको हव बन्न वर्षौ लागेको र यसलाई जीवन्तता दिन जरुरी रहेको उल्लेख गर्दै सांसद पहारीले पोखरा घुम्ने पर्यटकको बसाइँ लम्बाउन आवश्यक पूर्वाधार विकास गर्नुपनेर्मा जोड दिए। उनले फेवाताल संरक्षणमा सवोर्च्चको आदेश कार्यान्वयन गर्न प्रदेशका पर्यटन मन्त्रीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको पनि बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले समाजमा हुने सबै घटनालाई सामान्यीकरण गर्न नहुने सुझाव दिए। उनले घटना–दुर्घटना भए तत्काल आवश्यक कार्यान्वयनका लागि प्रहरीसँग समन्वय गरी अघि बढ्नुपर्ने बताए। लेकसाइडको चौतर्फी विकासका लागि आचारसंहिता बनाएर अघि बढ्नुपर्ने उनको सुझाव थियो।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले पहिलेको रेसिडेन्सी क्षेत्र अहिले पर्यटक हव बनेको उल्लेख गर्दै लेकसाइड कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे बृहत् छलफल जरुरी रहेको बताए।
उनले पछिल्लो समय ४ सय जना व्यक्तिलाई अवैध यौनधन्दामा लागेको अभियोगमा पक्राउ गरिएको जानकारी दिँदै आफ्नो कार्यकालमा ट्याक्सीमा मनपरी, लागुऔषध, जुवातास, टोलेगुण्डा निस्तेज पारेको दाबी गरे।
वडा प्रहरी कार्यालय बैदामका इञ्चार्ज प्रहरी नायव उपरीक्षक नवीन कार्कीले हाल बैदाम प्रहरी कार्यालय रहेको जग्गा पर्ती जग्गा रहेको जानकारी दिँदै वडा प्रहरी कार्यालयलाई सुविधासम्पन्न सबैको सहयोगको खाँचो औल्याए ।
वडा ६ का कावा अध्यक्ष हरिकृष्ण पहारीले सबैको सहकार्यमा विकासमा अघि बढ्नुपर्ने बताए ।
सामुदायिक बैदामका सल्लाहकार दीपकवीर कुँवरले नीति नियम कार्यान्वयन गर्ने निकाय आँखामा पट्टी बाँधेर बसेको टिप्पणी गर्दै छोरा नाति समेत यावत् समस्या लिएर आउनुपर्ने अवस्था नहोस् भनी कामना गरे ।
पश्चिमाञ्चल होटल संघ पूर्व अध्यक्ष समेत रहेका संस्थाका संस्थापक सचिव एवं सल्लाहकार गोविन्दराज पहारीले पोखरा घुम्ने पर्यटकको बसाइँ अवधि लम्बाउन पर्यटन पूर्वाधार आवश्यक रहेको बताए । उनले फ्रि–वाईवाई जोड विकास गर्नुपर्ने, फेवाताल संरक्षण सवालमा सवोर्च्चको आदेश अक्षरसः कार्यान्वयन गर्नुपर्ने लगायत विषयमा जोड दिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नि कँडेल, सामुदायिक जिल्ला समन्वयका पूर्व अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक बैदामका पूर्व अध्यक्ष पम्फा पहारी, सल्लाहकार देवका पहारी लगायतले पर्यटन व्यवसायको विकासमा शान्तिसुरक्षा अत्यावश्यक रहेको उल्लेख गरे ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामकी अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य ठाकुर बराल र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पोखरा महोत्सव समापन, बेसलाइनलाई नृत्य उपाधि
hero news full width
मुख्य समाचार
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१