मनाङ मस्र्याङ्दी र ब्रिगेड व्याइज क्लब (सेतो) का खेलाडी प्रतिष्पर्धामा । तस्वीर : राम गुरुङ
मनाङ मस्र्याङ्दी र ब्रिगेड व्याइज क्लब (सेतो) का खेलाडी प्रतिष्पर्धामा । तस्वीर : राम गुरुङ
पोखरा, २३ माघ । लिगविजेता सिग्नेचर मनाङ मस्र्याङ्दी फुटबल क्लबले पोखरा रंगशालामा बुधबार ब्रिगेड ब्वाइज क्लबमाथि कठिन जित हात पारेको छ ।
निर्धारित समयको अन्तिम मिनेटसम्म एक–एकको बराबरी खेलेको मनाङले अतिरिक्त समयमा १० खेलाडीमा सीमित ब्रिगेडमाथि स्कोर लिन नसक्दा जिका लागि टाइब्रेकरको नतिजा कुर्नुपर्यो । अन्ततः टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि दावेदार मनाङले दोस्रो सेमिफाइनलमा पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमेली फुटबल क्लबसँग भेट सुनिश्चित गरेको छ ।
क्यामरुनी टिमले दोस्रो क्वाटरफाइनलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ४–१ ले पराजित गरी अन्तिम चारमा ठाउँ सुरक्षित पारिसकेको छ ।
पोखरा रंगशालामा दिनको खेलमा लिगविजेतासामु उत्कृष्ट खेल पस्केको ब्रिगेड व्याइजले टाइब्रेकरमा पदम भट्टराईको पेनाल्टी सुटआउट गोलमा परिणत हुन नसक्दा मनाङलाई जित सुम्पिन बाध्य भयो । रोमाञ्चक टाइब्रेकरमा ब्रिगेडतर्फबाट भट्टराईको पहिलो प्रहार विपक्षी कीपर विशाल श्रेष्ठले बचाउ गरेका थिए ।
पेनाल्टीमा मनाङका लागि सुजल श्रेष्ठ, हेमन गुरुङ, कमल श्रेष्ठ, प्रकाश बुढाथोकी र सुरज विश्वकर्माको बल गोलमा परिणत हुँदा ब्रिगेडका सुरज ठकुरी रणदीप पौडेल, जय गुरुङ र मनोज राईको प्रहारले गोलपोष्टको दिशा लियो ।
यसअघि, निर्धारित ९० मिनेटको खेल सकिन मात्र २ मिनेट रहँदा बिग्रेडका कीपर लक्की कार्की रेड कार्ड खाँदै बाहिरिएका थिए । त्यसपछि १० खेलाडीमा सीमित ब्रिगेडले अतिरिक्त समयमा मनाङलाई बराबरीमा रोक्दै नतिजाका लागि टाइब्रेकरसम्म धकेल्यो ।
मनाङका लागि विदेशी खेलाडी ओलाडिपो अफिज ओलावालाले करीब २० यार्ड नजिकबाटै बल अघि बढाएको अवस्थामा कीपर लक्की कार्कीले डि–बक्स बाहिर आएर बल क्याच गर्न पुगेका थिए । मुख्य रेफ्री प्रकाशनाथ श्रेष्ठले तत्काल कार्कीलाई तत्काल रेड कार्ड देखाउँदै मैदान बाहिर निकाले ।
उता, ब्रिगेडका प्रशिक्षक सुवित कार्कीले दोस्रो रोजाइका कीपर दीपेश मोक्तानलाई शिशिर लेखीको ठाउँमा मैदान पठाए ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा ब्रिगेडले सुरुवाती अग्रता लिएको थियो । १६ आंै मिनेटमा ब्रिगेडका ऋतिक खड्काले दुई डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरेका थिए । उनले करिब १८ यार्ड टाढाबाट सेकेण्ड बार च्याप्दै विपक्षी पोष्टमा बल प्रहार गरेका हुन् ।
मनाङले बराबरी खेल्न ६७ मिनेटसम्म कुर्नु पर्यो । ओलावालेले दिएको पास बललाई विमल रानाले फष्टवार च्याच्दै बललाई जाली चुमाएका थिए ।
लिगमा १२ औं स्थानको ब्रिगेडका लागि खेलको ८८ औं मिनेटमा आएर दुर्भाग्य खेप्नुपरे पनि उसका लागि केही उत्कृष्ट अवसर खेल गएका थिए ।
प्रतियोगितामा मनाङका कीपर विशाल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार पाए ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीले पहिलो हाफमा इजी खेल्दा स्कोर गर्न कठिन भएको बताए । उनले ब्रिगेडीको खेललाई पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिए । आप्mना खेलाडी थाकेकोले पनि सोचेजस्तो खेल्न नसकिएको पोष्टम्याच कन्सरेन्समा उनको भनाइ थियो ।
उता, ब्रिगेडका प्रशिक्षक सुवित कार्कीले आफ्ना ३ विदेशी खेलाडीको अभावमा पनि आफ्नो टिमले राम्रो खेलेको भन्दै सन्तोष व्यक्त गरे । मनाङजस्तो टिमलाई यसरी रोक्न सक्नु पनि खुसीको विषय हो, उनले भने । ब्रिगेडका ३ विदेशी खेलाडीको वर्क परमिट नहुँदा मैदान बाहिरै खुम्चिएका थिए ।
विहीवार पहिलो सेमिफाइनलमा एपीएफ र जापानी रिस्सो युनिभर्सिटीको टीमबीच प्रतिष्पर्धा हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ । एपीएफले यसअघि थ्रिस्टारलाई र जापानी टिमले नेपाल पुलिसलाई समान १–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेशका लागि एकअर्काबीच भेट सुनिश्चित गरेका हुन् । प्रतियोगिताको फाइनल शनिबार हुने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
माइनस डिग्रीमा माछा उत्पादन
सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
hero news full width
मुख्य समाचार
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण ‘कमिङ सून’
चैत्र ५, २०७९आविष्कारमा अब्बल अभिनाश
चैत्र ४, २०७९… अनि दुर्गा बराल बने वात्स्यायन
चैत्र ४, २०७९वात्स्यायनको अभिनन्दन तथा रथारोहण
चैत्र ४, २०७९