स्याङ्जा, २३ माघ। पुतलीबजार नगरपालिकाको चौथो नगरसभा बुधवार सम्पन्न भएको छ। नगरसभामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराइन्।
नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरबासीको रोजगारी एवं विकासको आधार बनाउने नीति अनुरुप नगरलाई सुन्तला एवं उज्यालो शहरका रुपमा विकास गर्न आवश्यक कार्यक्रम संचालनगर्ने, युवालाई तालिम, शीतभण्डार निर्माणमा तीव्रता, विभिन्न धार्मिक एवं ऐतिहासिक, पर्यटकीय क्षेत्रको विकास, प्याराग्लाइडिङको गन्तब्य, नागडाँडामा श्रवणकुमारको मूर्ति स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको बताइन् ।
उनले व्यवस्थित ढल निकास एवं सबैलाई खानेपानीको पहुँच, बसपार्कको स्तरोन्नति, आँधीखोला करिडोर निर्माण, सबै वडामा बिजुली एवं इन्टरनेटको पहुच, फोहोरमैलाको उचित व्यवस्थापन, पुतलीबजार नगरपालिका ४ मा भ्यू टावर निर्माणको योजना पनि रहेको बताइन् । आर्थिक वर्ष २०७५/०७६ को पुस मसान्तसम्म ७३ प्रतिशत योजना सम्झौंता भएको र सम्झौंतामध्ये १९ प्रतिशत योजना सम्पन्न भएको जनाएको छ।
आर्थिक वर्ष शुरुको ६ महिनामा नगरपरिषद मार्फत पारित वडास्तरीय ४ सय ४६ योजनामध्ये ३ सय २७ वटा योजना सम्पन्न भएका र ६३ वटा योजना सम्पन्न भएका छन्।
यसैगरी, नगरस्तरीयतर्फ एक सय ८६ मध्ये १ सय ४५ (७७ प्रतिशत) सम्झौता भएका छन् भने ४१ वटा योजना सम्पन्न भएका छन् । नगर गौरवका १५ वटा योजना मध्ये ५ वटा योजना सम्झौता भई कार्यान्वयन चरणमा रहेको प्रमुख क्षेत्रीले जानकारी दिइन्। नगरपालिकाको आन्तरिक र बाह्यस्रोतबाट ८ करोड ५२ लाख ७० हजार मध्ये ३ करोड ५१ लाख २७ हजार खर्च भएको छ। नगरको आन्तरिक राजश्वतर्फ २ करोड ५२ लाख ७० हजारको लक्ष्यमा एक करोड ४९ लाख ३ हजार आम्दानी भएको उपप्रमुख महेश पुरीले बताए। चालु आर्थिक वर्षमा नगरको बजेट २७ करोड २० लाख मध्ये चालुतर्फ ८ करोड ५२ लाख र पुँजीगततर्फ १८ करोड ६७ लाख रकम बिनियोजन गरेको थियो।
आर्थिक विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रलाई समेटेर विविध कार्यक्रम संचालन भैरहेको जनाउँदै नगरपालिकाको अर्धवार्षिक गतिविधिबारे लेखा समितिका संयोजक रविविक्रम केसीले जानकारी गराएका थिए।
नगरसभाले नगर शिक्षा ऐन, २०७५ र सहकारी ऐन, २०७४ लाई केही संशोधन सहित पारित गरेको विधायन समिति संयोजक ख्यामनारायण अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९