सिद्धार्थ माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
siddhartha_Fotor

पोखरा, २३ माघ । स्याङ्जा फेदीखोला–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय फेदीखोलाको ४४ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ।

फेदीखोला गाउँपालिकाका प्रमुख घनश्याम सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नगरी शिक्षा प्रदान गर्न सुझाव दिए ।

गाउँपालिका उपाध्यक्ष देवी थापाले शैक्षिक वातावरण, शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका परिपूरक भएको भन्दै अभिभावकले पनि विद्यार्थीको पढाइ तथा विद्यालयबारे समय–समयमा जानकारी लिनुपर्ने बताइन्।

कार्यक्रममा वडाध्यक्ष हिमालयजंग बानियाँ, सिद्धार्थ माविका स्रोतव्यक्ति लक्ष्मण शर्मा पनेरु, पूर्व शिक्षक दिवाकर सुवेदी लगायत बोलेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ मनोजकुमार शर्माले शैक्षिक प्रतिवेदन, लेखापाल दीपक पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रम सञ्चालन शिक्षक शोभाकान्त शर्मा, लिलाप्रसाद पराजुली र समीक्षा पौडेलले संयुक्त गरेका थिए ।

यस्तै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मेश्रम वराह माविको हीरक जयन्ती

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकस्थित मेश्रम वराह माध्यमिक विद्यालयको हीरक जयन्ती सुरु भएको छ । मंगलबार विद्यालयमा आयोजित एक समारोहबीच…
  • जिससका पदाधिकारीलाई तालिम

    आदर्श समाज सम्वाददाता फागुन १६, २०८०
    पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजना र जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समिति समन्वयमा जिससका पदाधिकारीलाई सकारात्मक सोचसम्बन्धी…
  • नेवा पत्रकारलाई समाचार लेखन तालिम

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका ९ को सहयोगमा समाचार लेखन सम्बन्धी आधारभूत तालिम भएको छ । मंगलबार…
  • मादीको चिप्लीमा शिवरात्रि मेला तयारी

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । कास्कीको मादी गाउँपालिका ६ चिप्लीस्थित सिद्ध युवा क्लबको आयोजनामा महाशिवरात्रि मेला हुने भएको छ । २०४४ सालमा स्थापित…
  • मुख्यमन्त्रीद्वारा प्रदेश प्रहरी कार्यालय निरीक्षण

    आदर्श समाज सम्वाददाता फागुन १५, २०८०
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको समग्र शान्ति सुरक्षालाई थप मजबुद र विश्वसनीय बनाई जनमैत्री र नागरिक केन्द्रित…

hero news full width