पोखराको पर्यटन विकासबारे सिलगुडीमा अन्तर्क्रिया

एजेन्सी
माघ २४, २०७५
sulgudi photo_Fotor

पोखरा, २३ माघ।  भारतको सिलगुडीमा मंगलबारदेखि शुरु बङ्गाल ट्राभल मार्टमा पोखराको पर्यटनबारे छलफल भएको छ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसन आयोजनामा सञ्चालित मार्टमा सहभागी बन्न पोखरेली पर्यटन व्यवसायीको समूह मंगलबार सिलगुडी आइपुगेको हो।

मार्टको उद्घाटन समारोहमा नेपाल, भारत, बंगलादेश र भुटानबाट सहभागी पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले क्षेत्रीय अवधारणका साथ यी क्षेत्र समेटर पर्यटकीय विकास गर्नुपनेर्मा जोड दिए। वक्ताले अफ्गानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुंगिने चर्चा गर्दै यस क्षेत्रको संयुक्त पर्यटकीय विकास गर्नुपर्ने धारणा राखे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यस क्षेत्रको पर्यटकीय विकासमा साझेदारी गर्न आफूहरू इच्छुक रहेको बताए। पोखरामा हेर्नै पर्ने धेरै पर्यटकीय आकर्षण स्थल रहेको र प्रकृतिका मनोरम दृश्यका साथै साहसिक पर्यटनका विविधता पोखरामा पाउन सकिने जानकारी पोखरेलले दिए।

नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाले पर्यटकीय साझेदारीको लक्ष्यका साथ पोखरा पर्यटन परिषद्को ५ वर्षअघि इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनसँग सम्झौता भएको स्मरण गर्दै भौगोलिक अवस्थिति, संस्कृति आदि समेतका आधारमा यस क्षेत्रसँगको सहकार्य महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे।

उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गरेका छन्। नेपालमा आउने कूल विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७ दशमलव शून्य नौ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको तथ्यांकले देखाउँछ।

सन् २०१८ मा भारतबाट २ लाख ४३८ पर्यटक हवाई मार्गबाट आएका थिए भने झण्डै १० लाख पर्यटक सडक मार्गबाट आएका छन्। नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकाले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको पाइन्छ।

इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनका महासचिव सन्दिपन घोषले क्षेत्रीय तथा अन्तराष्ट्रिय पर्यटनका लागि नेपाल महत्वपूर्ण गन्तव्य भएको बताए।

पोखरासहित समग्र नेपालको पर्यटकीय साझेदारीलाई अभैm बलियो बनाउन आफूहरू प्रतिबद्ध भएको बताउँदै उनले मार्टमा नेपालको सहभागिता यसैको महत्वपूर्ण कडी भएको स्पष्ट पारे।

मार्टमा पोखरा पर्यटन परिषद्बाट वषेर्नी सहभागिता रहँदै आएको कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिए। ‘मार्टमा सहभागितासँगै हामी यहाँका पर्यटन व्यवसायीसँग व्यापार आदानप्रदान (विटुवी)को कार्यक्रम समेत राखेका छौं,’ उनले भने, ‘पोखराका पर्यटकीय गतिविधिका साथै विविध सांस्कृतिक पक्ष लगायतबारे जानकारी गराउने गरी बुधवार पोखरा साँझ पनि आयोजना गर्न लागिएको छ।’

सिलगुडीको बङ्गाल ट्राभल मार्टसँगै आसामको राजधानी गुहाटीमा पनि बुधबारदेखि दुईदिने प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको संयोजक सिग्देलले जानकारी दिए। पोखराको पर्यटन प्रवद्र्धन टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहेका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई काँकरभिट्टा हुँदै ठूलो संख्यामा भारतीय पर्यटक नेपाल जाने भए पनि काँकरभिट्टाबाट चन्द्रगढी विमानस्थलसम्म पुग्ने बाटो अहिलेसम्म कालोपत्रे नहुँनु दुर्भाग्य भएको बताए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width