अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको वार्षिकोत्सव

गुणस्तरीय पर्यटनको पक्षमा छौं : मन्त्री अधिकारी

आदर्श समाज सम्वाददाता
माघ २३, २०७५
internation mountainering meuseum large

पोखरा, २२ माघ। पोखरा–१७, रातोपैह्रोस्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले १६ औं वार्षिकोत्सव मनाएको छ।

संस्कृति पर्यर्टन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले वार्षिकोत्सव समारोह उद्घाटन समारोहमा बोल्दै मुलुकले गुणात्मक पर्यटनमा जोड दिएको बताए। उनले उच्चतहको पर्यटकहरु देशमा भित्राउने पक्षमा रहेको औंल्याए।

‘हामीले भुटानको जस्तो मास टुरिजमजस्तो चाहेको होइनौं,’ उनले भने, ‘हामीले गुणस्तरका पर्यर्टकहरु भित्राउन चाहेका हौं। तर, मास टुरिजमलाई रोक्न पनि सक्दैनौं। संख्यात्मक र गुणात्मक दुवै किसिमको पर्यटनलाई सन्तुलन मिलाएर यहाँको पर्यटन विकास गर्ने हो।’

उनले सन् २०१८ मा देशमा आउने युरोपका पर्यर्टकहरुको संख्यामा बृद्धि भएको औंल्याए। केही वर्ष यतादेखि यूरोपका लागि ब्ल्याक लिष्टमा रहेको नेपालले केही महिनाभित्रमै नेपाल एयरलाइन्सलाई त्यहाँ पुर्याउने मन्त्री अधिकारीको भनाइ थियो। उनले जापान र अमेरिकामा समेत छिट्टै नेपाल एयरलाइन्सले उडान भर्ने उल्लेख गरे।

मन्त्री अधिकारीले सन् २०१८ मा नेपाल एअरलाइन्सले करिब साढे चार लाख पर्यटक स्वदेशमा भित्राएको दाबी गरे। देशको एयरलाइन्स बलियो नभएसम्म कुनै पनि देशको पर्यटटन विकास नहुने उनको कथन थियो। उनले अरुको एयरलाइन्समा निर्भर रहेर पर्यटनको विकास देख्नु असम्भव रहको बताए।

‘देशमा पर्यटक भित्राउने सवालमा नेपाल एअरलाइन्स सबै एयरलाइन्सभन्दा अग्रस्थानमा छ,’ उनले भने, ‘अझै, यस एयरलाइन्सलाई थप विकसित गर्नु छ। यो देशको आवश्यकता हो। पर्यटनमार्फत देशको विकास चाहेका छौं। अरुको एयरलाइन्समा निर्भर परियो भने यहाँको पर्यटन प्रबद्र्धर्न हुँदैन। पर्यटन प्रबद्र्धनका लागि हाम्रो गन्तव्य स्पट हुनुपर्छ। गन्तव्यमा हाम्रो हवाइजहाजहरु पुग्नुपर्छ।’

एयरलाइन्सबारे उठेको सवालबारे चर्चा गर्दै मन्त्री अधिकारीले वाइडबडी काण्ड छानबिनक्रममा रहेको उल्लेख गरे। उनले उचित छानबिन हुने विश्वाससमेत लिए ।

नेपाल एयरलाइन्स कमजोर पार्ने खेलहरु भएको मन्त्री अधिकारीले बताए । उनले नेपाल एयरलाइन्सलाई प्रभावकारी बनाएरै छाड्ने प्रतिबद्धता जनाए। अनियमितता गनेर्लाई कारबाही हुने उनको जिकिर थियो।

भ्रमण वर्ष २०२० सफल पार्न नेपाल पर्वतारोहण संघसमक्ष आग्रह गरे। उनले नेपालको हिमश्रृंखलाका चुचुराहरु एड्भेञ्चर टुरिजम भएको औंल्याए। उनले पर्यटकीय दृृष्टिले हिमालहरु चिनाउन पर्वतीय संग्रहालयको ध्यान जान आवश्यक रहेको बताए। हिमश्रृंखलामा पुग्ने पदमार्ग खुलाउन र पर्वतीय पर्यटकीय गतिविधि बढाउन नेपाल पर्वतारोहण संघसक्ष उनको आग्रह थियो।

‘कम्तिमा पनि यसभन्दा अघि नेपालको हिमाल चढेका पर्वर्तारोही पर्यटक सामु भ्रमण वर्ष–२०२० सन्देश पुर्याउनुपर्छ,’ मन्त्री अधिकारीको आग्रह थियो, ‘विदेशी पर्वतारोहीहरुको तथ्याङ्क अध्यावधिक छ। प्रचार प्रसार, सामाजिक सञ्जाल र ईमेलमार्फत उनीहरुलाई सन्देश पठाउनुहोस। भ्रमण वर्षमा नेपालमा बोलाउनु होस।’

कार्यक्रममा नेपाल–स्वीट्जरल्याण्ड दूतावासका काउन्सिलर एलिजाबेथ बन क्याट लकले बोल्दै प्राकृति सुन्दरताले भरिएको नेपालले भ्रमण वर्षका लागि गुणस्तरिय पर्यटक भित्राउन जोड दिइन्। त्यसका लागि पूर्वाधारहरु निर्माण गर्न उनको आग्रह थियो।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी, टोनी हेगनकी छोरी क्याट्रिना हेगन र पोखरा पर्यटन परिषदका उपाध्यक्ष गोपी भट्टराईलगायतले नेपालको पर्यर्टकीय क्षेत्रको सम्भावनाबारे बोलेका थिए। कार्यक्रममा मन्त्री अधिकारीले संग्रहालय  प्रमुख बलप्रसाद राई र कर्मचारी सरस्वती सार्की नेपालीलाई दोसल्ला ओढाएर नगद र सम्मानपत्रद्वारा सम्मान गरे। नेपाल पर्वतारोहण संघका केन्द्रीय अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव कुलबहादुर गुरुङले स्वागत एवं पर्वतीय संग्रहालयबारे प्रकाश र उपमहासचिव मीनबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए।

२०६० माघ २२ गते स्थापना भएको पर्वतीय संग्रहालयमा हालसम्म २० लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले भ्रमण गरेको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए। गुरुङका अनुसार संग्रहालय अवलोकन गर्न आउने पर्यटहरुबाट १७ करोड ८१ लाख ७० हजार बढी आम्दानी भएको छ।

Related News

सम्बन्धित समाचार

  • खर्कमा पर्यटक चहलपहल

    धनबहादुर गुरुङ चैत्र १४, २०७९
    पोखरा । भैँसी र भेडा चर्ने खुमैडाँडाको खर्कमा पर्यटक चहलपहल देख्दा मिर्सा गाउँका सूर्यबहादुर गुरुङ निकै खुसी छन् । भैँसी…
  • प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।…
  • कार्यकारी अधिकार खोज्दै समन्वय समिति

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । केही समयअघि देशैभरका जिसस प्रमुख र उपप्रमुख भेला भएर पोखराबाट एकै स्वरमा भने, ‘यही हालतबाट जिसस चलाउनुभन्दा खारेज…
  • बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    स्याङ्जा । बुटवल पावर कम्पनी (बिपिसी) द्वारा स्याङ्जामा उत्पादित एवं वितरित विद्युत् महसुलमा दोब्बर वृद्धि गरेको सूचना सार्वजनिक भएपछि स्याङ्जाका…
  • पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । वन विज्ञान अध्ययन संस्थान, मातहतको वन क्याम्पस पोखरामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको…

hero news full width