पोखरा, २२ माघ। विश्व क्यान्सर दिवस अवसरमा नेपाल अर्बुद रोग निवारण संस्था कास्की शाखाले क्यान्सर निवारणबारे अन्तक्र्रिया गरेको छ ।
प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले क्यान्सर रोगबारे जनचेतना जगाउनुपर्ने औंल्याए। उनले समाजमा लागु पदार्थले विकराल समस्या ल्याउने गरेको बताए। गण्डकी प्रदेशले लागु पदार्थ नियन्त्रणका कार्यक्रम ल्याउने प्रक्रियामा रहेको सांसद थापाको भनाइ थियो।
नेपाल अर्बुद रोग निवारण संस्थाका सल्लाहकार कर्ण शाक्यले क्यान्सर रोगको समयमै उपचार गरे निको हुने बताए। सकारात्मक सोचले परिवर्तन ल्याउने उनको भनाइ थियो। उनले २० वर्ष उमेर पुगेका युवा संगठित गरेर सोच समूह बनाउने आफ्नो अभियान रहेको सुनाए। आममानिसलाई सही मार्गमा डोर्याउने उद्देश्यले समूह गठन गर्न लागेको शाक्यको भनाइ थियो।
मिस नेपाल वल्र्ड–२०१८ श्रृंखला खतिवडाले स्वस्थ शरीर बनाउन लागुपदार्थ सेवन र हानिकारक खानबाट बच्नुपनेर्मा जोड दिइन्।
नेपाल अर्बुद रोग निवारण संस्था कास्की शाखाका सभापति रामचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान केन्द्रीय अध्यक्ष दिवाकर राजकर्णिकारले कार्यक्रममाथि प्रकाश, केन्द्रीय सदस्य दिनेशशंकर पालिखेले स्वागत र कास्की शाखाका सचिव नारायण पराजुलीले सञ्चालन गरेका थिए।
यसअघि, पोखरा–१८, भकुण्डेस्थित शान्ता माविमा निःशुल्क आँखा तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरको आयोजना गरेको थियो। शिविरमा १ सय ५५ जनाले आँखासम्बन्धी र ९० जनाले पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण गराएका थिए। तिलगंगा आँखा अस्पताल र भक्तपुर क्यान्सर अस्पतालले आयोजना गरेको शिविरको उद्घाटन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले गरेका हुन्।
कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ‘ईश्वर’, सल्लाहकार कर्ण शाक्य, संस्थाका तिवर्तमान केन्द्रीय अध्यक्ष दिवाकर राजकर्णिकार र केन्द्रीय सदस्य दिनेशशंकर पालिखेलगायतले क्यान्सर रोगबारे बोलेका थिए।
कार्यक्रममा मिस नेपाल वल्र्ड–२०१८ श्रृंखला खतिवडा र गायक धीरज राईलाई सम्मान गरिएको अभियन्ता सरस्वती अधिकारी ‘सरु’ ले जानकारी दिइन्। शान्ता माविमा अध्ययनरत विद्यार्थीलाई १ सय ५० झोलासहित शैक्षिक सामग्रीका वितरण गरिएको थियो।
पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शान्ता माविका प्रअ विष्णुप्रसाद भट्टराईले स्वागत र शंकर अधिकारीले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९