पोखरा, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँस्कृतिक पर्व र भेषभुषा मार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिने बताएका छन् । सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको पनि उनले बताएका छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मंगलबार जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लेखेका छन् ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको छ ।
नेपालमा बसोबास गर्ने सबै जातीहरुका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् । उनले समृद्धिको यात्रामा सबै जातजातीको सकारात्मक सहयोगको अपेक्षा पनि गरेका छन् ।
अब हामीले विकास समृद्धिको महानयात्रा तय गर्नु छ । सरकार समृद्ध नेपाल, सुखी नेपालीको महान लक्ष्य राखेर अघि बढेको छ । यस यात्रामा देशका सबै जातजाती, धर्म सम्प्रदायको योगदान अपेक्षित छ,’ शुभकामना सन्देशमा लेखिएको छ, ‘खासगरी हाम्रा साँस्कृतिक पर्वहरु, भेषभुषा मार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ ।
प्रधानमन्त्री ओलीले तामाङ जातिले मनाउने सोनाम ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको शुभकाना व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
मल बिउ माग्दै धर्ना
मल र बिउ माग गर्दै राप्रपाको धर्ना
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९बजेटको किचलोले संसद बैठक अनिर्णीत
असार १४, २०७९