पोखरा, २१ माघ । रोटरी क्लब अफ पोखरा मिडटाउन, रोटरी क्लब अफ पोखरा इनरह्वील र रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा कम्प्युटर सहयोग तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
क्लबले रुपा गाउँपालिका–१ स्थित टजेश्वर माविलाई ५ थान कम्प्युटर र १ थान प्रिण्टर तथा शारदा आधारभुत विद्यालयलाई १ थान कम्प्युटर र १ थान प्रिण्टर सहयोग गरेको हो।
क्लबका अध्यक्षहरु सन्तोष पोखरेल, सावित्री नेपाली र अच्युत पौडेलले विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोमबहादुर सुनारीलाई सो सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
यस्तै, जटेस्वर माविमा भएको स्वास्थ्य शिविरमा फेवा सिटी हस्पिटलको सहयोगमा महिला स्वास्थ्य तथा जनरल परीक्षण गरिएको हो।
डा भोजराज न्यौपाने, डा चण्डिका पण्डित लगायतले स्वास्थ्य परीक्षण गरेका हुन्। शिविरमा शिःशुल्क औषधि वितरण गरिएको थियो। शिविरमा हिमालयन आँखा अस्पतालको सहयोगमा आँखा परिक्षण समेत भएको थियो।
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले रोटरीले गरेको उक्त कार्य अनुकरणीय कार्य बताए ।
रोटरी पोखरा मिडटाउन अध्यक्ष सन्तोष पोखरले आफूभन्दा कमजोर अवस्था भएकालाई सहयोग गर्नु नै मानव सेवा भएको बताए।
कार्यक्रममा निवर्तमान अध्यक्ष केशवप्रसाद आचार्यले स्वागत तथा आइपिपी इ महेन्द्र गोदारले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९