लेखनाथ, २१ माघ। कृषकलाई व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउने उद्देश्यले कारितास नेपाल मार्फत कृषक पाठशाला संचालन गरी तरकारी लगाउन सिकाइएको छ।
नेपाल जीविकोपार्जनका लागि उत्थान कार्यक्रमअन्तर्गत पोखरा–२९ को भण्डारढिकस्थित दीपज्योति आइपिएम कृषक पाठशालाका कृषक समूहलाई तरकारी बाली लगाउने तरिकाबारे जानकारी गराइएको हो।
बीउदेखि भण्डारसम्मको लागि कृषक समूहलाई ब्यवहारिक र सैद्धान्तिक तालिम मार्फत व्यावसायिक कृषक कसरी बन्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको हो। पाठशालाका अध्यक्ष होमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको शुभारम्भ गर्दै वडाध्यक्ष चेतबहादुर गुरुङले निर्वाहमुखी कृषि ब्यवसायभन्दा माथि उठी स्थानीय स्रोतसाधन प्रयोग गरी व्यावसायिक कृषक बन्न सबैमा अनुरोध गरेका थिए।
कार्यक्रममा कारितास नेपालका आइपिएम सहजकर्ता मुक्तिनाथ पौडेलले मौसमी र बेमौसमी तरकारी लगाउने विधि र रोग लाग्नबाट बचाउने उपायबारे जानकारी गराएका थिए।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९