पोखरा, २१ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गरेका छन् ।
नेपाली काँग्रेस कास्कीद्धारा सोमवार पोखरामा आयोजित बिरोध सभालाई सम्वोधन गर्दै नेता थापाले केपी नेतृत्व सरकार लोकतन्त्रको मूल्य र मान्यतामा नचलेको र उसका गतिविधिले संघीयतालाई थप धरापमा पार्ने काम गरेको वताए ।
दुई तिहाईको सरकारले संघीयतालाई थप मजबुद वनाउने अपेक्षा गरेका थियौ तर उनले संघीयतालाई मास्ने काम गरिरहेका छन्,नेता थापाले भने —प्रधानमनत्री केपी बेइमान हुन्, उनले संसदलाई मन्त्रालय जस्तो बनाएका छन्, अदालत र लोकसेवा आयोगलाई पङ्गु बनाउने काम गरिरहेका छन् ।
सहज रुपमा दुई तिहाईको सरकार निर्माण भएको अवस्थामा जनताका काम र परिणाम दिने बेला हो तर सरकार विपक्षीको स्वर दबाउन र परम्परा भत्काउन केन्द्रीत छ, दुई तिहाईको दम्भवाट चलेको सरकारले यस्तो कार्यको परिणमा भोग्नु पर्ने छ, उनले भने ।
जीवनभर परिवर्तनका निम्ति लडेका र संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका गिरिजाप्रसाद कोइराला र सुशील कोइरालावाट पाठ सिक्न केपी ओलीलाई थापाले सुझाव दिए । गम्भीर बिरामी भएका नेपाली नागरिक उपचार नपाएको अवस्थामा हाम्रो देशमा राष्ट्रपति महंगा गाडी र हेलिकप्टर खरिदमा छन भने प्रधानमन्त्री आफू वस्ने अरबौको आवास निर्माणमा जुटेका भनार्ए उनको छ।
बालिका निर्मला पन्तको हत्या भएको छ, उनको हत्या भएको ६ महिना पुग्यो तर उनको हत्यारा पक्ता लगाउन सरकारले अझै सकेको छैन, र उनका परिवारलाई समवेदना समेत दिन प्रधानान्त्री पुगेका छैनन नेता थापाले भने— देशमा शान्ति सुरक्षा छैन, खुलेआम भ्रष्टाचार भइरहेको छ, महंगी बढेको छ ।
सरकार गठनका सुरुका दिनमा गरिएको प्रयासहरु यातायातको सिण्डीकेट, सुन काण्ड, वैदेशिक रोजगारीको ठगी, समयमा काम नगर्ने ठेकेदारलाई कारवाही जस्ता लोकप्रिय काम अगाडि सारिएको भएपनि ति काम छायाँमा पार्ने काम भयो, उनले उनले भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले वर्तमान सरकार कानून र विधिको शासनलाइृ कुल्चेर अगाडि वढेको वताए । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री कुमार खड्काले एनसेल र वाइडवडी खरिदमा भएको अरबौ भ्रष्टाचारको छानवीन र कारवाही प्रक्रियालाई कुनै चासो नदिइएको प्रति आपत्ति प्रकट गरे ।
काँग्रेस नेता तथा पूर्वमन्त्री यज्ञवहादुर थापाले नेपाली काँग्रेस तानाशाह, पंचायत र राजा फालेर लोकतन्त्र स्थापना गर्ने काँग्रेसले दुई तिहाईको दम्भ देखाउदै लोकतान्त्रिक प्रक्रियालाई नै मिच्न खोज्ने केपी नेतृत्व सरकारलाई दकेही छिनमा नै ढाल्न सक्ने वताए ।
उक्त अवसरमा नेताहरु कृष्ण केसी, विन्दु थापा, कोपिला रानाभाट, आईवहादुर गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए ।
कोणसभा हुन अघि नेपाली काँग्रेस कार्यकर्ताले सरकारको बिरोधमा पोखराको पृथ्वीचोकवाट प्रदर्शन सुरुगरी न्यूरोड, चिप्लेढुंगा हुदै महेनद्रपुलमा बिरोध सभा गरेका थिए । प्रदर्शनमा सहभागीले काँग्रेस कार्यकर्ताले भ्रष्टाचार, महंगीका विरुद्धका र शान्ति सुरक्षाका स्थापनाको माग गर्दै सरकार विरोधी नारावाजी गरेको थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
hero news full width
मुख्य समाचार
गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९