पोखरा, २१ माघ । प्रहरीले दाङको विकट गाउँ राजपुर—७, भौवानामा हतियार बनाउने कारखाना भेटेको छ । बाँके र दाङको दक्षिणी सीमावर्ती क्षेत्रमा एक स्थानीयले घरमै हतियार बनाउने र मर्मत गर्ने गरेको भेटिएको हो ।
५ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीका अनुसार हतियार बनाउने कार्यमा संलग्न ५९ वर्षीय जीतबहादुर बुढा पक्राउ परेका छन् । साथै, सोही ठाउँबाट ३८ वर्षीय रूद्रमणि घर्तीलाई पनि एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको उनले बताए ।प्रहरीका अनुसार मजल र ठूलो हतियारको नाल २९ वटा बरामद भएको छ ।
उनको घरमा हतियार बनाउन प्रयोग हुने आरन मेसिन, साइकलको रिङ, काठको पङ्खा, पङ्खा घुमाउने फित्ता, रेती, हेक्साब्लेड, हतौडा, पेचकस, उदाउने ढुङ्गा र पित्तल काट्ने कैँची, स्ट्रिङ, बर्मा, एक पोका नटबल्टु, दुई वटा सुइरो, २५ वटा डेढ इञ्च, २८ वटा आधा इञ्च र १०२ वटा एक इञ्चको स्क्रु भेटिएको बुढाको घरबाट ५ वटा भरुवा बन्दुक, एउटा १२ बोर र ३ वटा एयरगन राइफल, एक —एक वटा कटुवा पेस्तोल र रिभल्वर, १२ वटा सानो हतियारको नाल भेटिएको छ । त्यस्तै, वोल्ट, सर्फ धुलो, सोहाग धुलो र पितल गलाउने धुलोसहित सटगनको हतियारमा प्रयोग हुने १० वटा खोका भेटिएको छ ।
विकट क्षेत्रमा घर भएकाले त्यहाँ जो कोही जान नसक्ने कुराको फाइदा उठाउँदै बुढाले धेरै पहिलादेखि हतियार बनाउँदै आएको रहेछ’, डिआईजी अधिकारीले भने, ‘घरेलु हतियार बनाउनेसँगै मर्मत गर्ने काम पनि गर्ने गरेको देखिएको छ ।
कुसुम भन्ने स्थानबाट ४० किलोमिटर तल गएपछि एक—डेढ घन्टा मोटरसाइकलमा हिँडेपछि मात्र त्यहाँ पुगिन्छ ।
उनको घरबाट बरामद हतियारको प्रकृति हेर्दा शिकार खेल्न ती हतियार प्रयोग हुने गरेको देखिन्छ ।तर, सर्ट गन, १२ बोर र रिभल्वरहरु पनि बरामद भएकाले अपराधिक गतिविधिमा संलग्न केही व्यक्तिको हतियार उनले मर्मत गर्ने गरेको हुनसक्ने आशंका गरिएको छ ।
हाल पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय, गढवामा राखिएको छ भने उनीहरुमाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गरेर कारबाही गरिनेछ ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९