छोटी भन्सारमा सुरक्षा व्यवस्था गर्न प्रदेश सरकारको माग

आदर्श समाज सम्वाददाता
माघ २१, २०७५
DCIM103MEDIA

DCIM103MEDIA

पोखरा, २० माघ।गण्डकी प्रदेशको दक्षिणी सिमानामा रहेको छोटी भन्सारमा सुरक्षा प्रबन्ध मिलाईदिन गण्डकी सरकारले नेपाल सरकारसँग आग्रह गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद् बैठकबाटै आवश्यक सुरक्षा ब्यवस्थाका लागि केन्द्र सरकारसँग माग गर्ने निर्णय गरिएको हो। ‘भन्सार खुलाउन पहिले नै आग्रह गरिसकेका छौं।

त्यसको कुनै प्रतिक्रिया आएको छैन, सरकारका प्रबक्ता रामशरण बस्नेतले भने–तत्कालका लागि त्यस क्षेत्रको सुरक्षा र केही आवश्यक कर्मचारी ब्यवस्था गरिदिन माग गरेका छौं।’

गण्डकी प्रदेशको प्रदेश मामिला समितिले पुस ६ गते दक्षिणी नाकाको भ्रमण गरेको थियो। सोही समितिको प्रतिबेदनका आधारमा इलाका स्तरीय जनपथ र सशस्त्रको युनिट ब्यवस्था गरिदिन सरकारले माग गरेको हो। सरकारले प्रहरी र कर्मचारीको संख्या भने तोकेको छैन। यो भन्सारमा अहिले सामान्य आवातजावत भएपनि ब्यापारिक हिसावले माल सामान आयात निर्यात गर्ने र भन्सार उठाउने काम भएको छैन।

यसैबीच, प्रदेश सरकार गठन भएको १ बर्ष पुगेको अवसरमा सरकारले विशेष कार्यक्रम सहित फागुन ३ गते बार्षिकोत्सव मनाउने भएको छ। यसका लागि अर्थमन्त्री किरण गुरुङको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम आयोजक समिति गठन गरिएको छ। त्यस दिन उत्कृष्ट कर्मचारी सम्मान सहित अन्य विविध कार्यक्रम गरिने प्रबक्ता बस्नेतले बताए।

बैठकले सरकारको खर्च मापदण्ड  निदेर्शिका समेत स्विकृत गरेको छ। योसँगै अव सरकार र मातहतका निकायले खर्च गर्दा कुन कार्यक्रममा कति खर्च गर्ने स्पष्ट खाका तयार भएको छ। प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि पनि पारित भएको छ।

सरकारले प्रदेशभित्रका ११ वटै जिल्लामा १ सय ३६ जना स्वयंसेवक परिचालन गर्न पाउनेछ। तर यसका लागि सरकारसँग माग गर्नुपर्छ।

‘डिमाण्डका आधारमा स्वयंसेवक परिचालन गर्ने हो। उनीहरूले तलव समेत पाउँछन्, बस्नेतले भने–जिल्ला अनुसार कोटा फरक छ। यस्ता स्वयंसेवक बढीमा २ वर्षका लागि नियुक्त हुन्छन्।’

Related News

सम्बन्धित समाचार

  • असार २६ गते सार्वजनिक बिदा

    रासस असार २२, २०७९
    काठमाडौं । सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा…
  • अर्थमन्त्री शर्माले दिए राजिनामा

    रासस असार २२, २०७९
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका छन् । आज मात्र प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत…
  • कटुस पनि किनेर खान्छन् नेपाली

    रासस असार १७, २०७९
    काठमाडौं । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात ।…
  • सुनिन छाडे असारे भाका

    धनबहादुर गुरुङ असार १७, २०७९
    पोखरा । ‘असार मासको छिपछिपे हिलो, छिः मलाई घीन लायो जेठी र कान्छी नगरे झगडा कान्छीलाई दिम्ला गइरीको खेत, जेठीलाई…
  • कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल

    आदर्श समाज सम्वाददाता असार १५, २०७९
    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन्…

hero news full width