पोखरा, २० माघ। नेपाली काँग्रेस कास्कीले पोखरामा शनिवार पक्राउ गरिएका नेविसंघका विद्यार्थी नेतालाई तत्काल रिहाई गर्न माग गरेको छ।
प्रदर्शनमा उत्रेका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्र्सना गर्दै तत्काल रिहाई गर्न माग गरेको हो।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा विद्यार्थी नेतालाई रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ।
नेविसंघको केन्द्रीय कार्यक्रमअन्तर्गत सार्वजनिक विदाको दिन शनिवार भएको विरोध प्रदर्शनका क्रममा विद्यार्थी नेताहरू लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ गरिएको थियो।
यसैबीच, नेपाली काँग्रेस कास्कीले सोमबार पोखरामा गर्ने विरोध प्रदर्शनको तयारी पूरा भएको जनाएको छ। पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने छ।
उनले सरकारलाई खबरदारी गर्नका लागि प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। कोणसभालाई काँग्रेस नेता गगन थापाले सम्वोधन गर्नेछन्। माघ १३ गतेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सरकारका गतिविधि विरुद्व माघ २१ गते देशभरका ७७ जिल्लामा नै प्रदर्शन गरिदै छ।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९