सरकारी गाडीमा विद्यार्थीले गरे आगजनी

आदर्श समाज सम्वाददाता
माघ २०, २०७५
vehicle (1)_Fotor

पोखरा, १९ माघ । पोखरा–७, मासबारस्थित घरेलु कार्यालय अगाडि सडकमा रोकीराखेको सरकारी गाडीमा शनिवार बिहान नेविसंघका विद्यार्थीले आगजनी गरेका छन्।

पोखरा महानगरीय शिक्षा महाशाखाको बा१झ ५८७९ नं को पिकअप भ्यानमा नेविसंघका विद्यार्थीले आगजनी गरेका हुन्।

सो घटनामा संलग्न पाँच जना विद्यार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरुले गाडीका चालकलाई बाहिर निकालेर आगजनी गरेका हुन्। पोखरा महानगरको उक्त गाडी महानगरी शिक्षा महाशाखाले प्रयोग गर्दै आएको थियो। बिदाको दिन सरकारी गाडी चल्न नदिने नेविसंघको निर्णय छ।

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विज्ञप्ति प्रकाशित गर्दै सो भ्यान कार्यालयको पूर्व निधारित काममा प्रयोग भइरहेको अवस्थामा एक जत्थाले आगजनी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा सरकारी कामको सिलसिलामा गुडिरहेको सवारी साधनलाई रोकेर चालकलाई बलपूर्वक बाहिर निकाली नागरिकले तिरेको करबाट आर्जित सरकारी सम्पत्तिमा क्षति पुर्याएर महानगरको कामकारबाहीमा अवरोध पुर्याउने कार्यको घोरभत्र्सना गरिएको छ।

महानगरपालिकाले स्वास्थ्य महाशाखामा रिक्त रहेका विभिन्न पदहरुमा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार तय गरिएको लिखित परीक्षा सञ्चालन गर्न शिक्षा महाशाखा प्रमुखलाई केन्द्राध्यक्ष तोकिएको र उनलाई लिन जाने क्रममा उक्त सवारीसाधनमा आगजनी गरी पूर्णक्षति गराइएको विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले नेविसंघ पोखरा विश्वविद्यालयका सभापति डिफान भुजेल, ला ग्राण्डी कलेजका नेविसंघ सभापति विनय पौडेल, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेविसंघ जिल्ला सभापति परशुराम बस्नेत र पूर्व सभापति लक्ष्मीप्रसाद पौडेललाई लेकसाइडको होटल ऋदमबाट पक्राउ गरी आवश्यक सोधपुछ जारी राखेको जनाएको छ ।

यस्तै, प्रहरीले ग१४प १७२९ र ग८प १६८९ नं को स्कुटर र बा५६प ३४८६ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…
  • सेनाले गर्‍यो बम डिस्पोज

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी ५, सर्दीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्पोज गरेको छ । आइतबार स्थानीयले खेतमा…
  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…

hero news full width