पुलिसद्वारा संकटा पराजित

विजय नेपाल
माघ २०, २०७५
adarsha samaj – photo – Ram Gurung1_Fotor

पोखरा, १९ माघ। नेपाल पुलिस क्लबद्वारा लिग उपविजेता संकटा क्लब छैटौं संस्करणको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगितामा पराजित भएको छ।

पोखरा रंगशालामा शनिबार भएको अन्तिम प्रिक्वार्टरफाइनलमा पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गर्न सफल भएको हो। जितका लागि अभिषेक रिजाल र रवि पासवानले १–१ गोलको योगदान दिए।

खेलको ११ औं मिनेटमै सुवास गुरुङको पासमा विदेशी खेलाडी क्याक्सेल एलनको गोलबाट अग्रता लिए पनि संकटाको अग्रता खेलको ३१ औं मिनेटमा भंग भयो।

पुलिसका खेलाडी नीरकुमार राईको ब्याक पासमा अभिषेक रिजालले खेल बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमा टुंगिएकोमा दोस्रो हाफमा संकटामाथि पुलिस हाबी देखियो।

खेलको ५४ औं मिनेटमा पुलिसका लागि रवि पासवानले गोल गर्दै टिमलाई अग्रता दिए। विपक्षी कीपर राजाबाबु थापा बिट भएको अवस्थामा रविले बललाई जाली चुमाउन सफल भएका हुन्। रवि नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार पाए।

दोस्रो हाफको इन्जुरी टाइममा संकटाले आफ्नो संकट टार्न भरमग्दूर प्रयास गर्यो। इन्जुरी टाइमको छैटौ र अन्तिम मिनेटमा भएको गतिलो प्रहार विपक्षी कीपर शत्रुधन चौधरीले पञ्च गरी बचाएका थिए।

यसरी लिगमा छैटौं स्थानमा रहेको पुलिसले पोखरा रंगशालामा भने लिग उपविजेता संकटालाई पराजित गर्दै घर फर्काउन सफल भयो। यस सिजनमा खप्तड गोल्डकपको सेमिफाइनलमा पुलिसले संकटालाई पराजित गरेको थियो। लिगमा भने संकटाले २–१ ले जित हात पारेको थियो।

जितपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले अर्को खेलमा स्कोरिङ सुधार्ने बताए। उनले रातारात खेलाडी पोखरा आइपुग्दा थकित भएको र सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकारे।

उता, संकटाका प्रशिक्षक सल्यान खड्गीले गोलको मुखमा डिफेन्स कमजोर देखिएकोले पराजित हुनुपरेको बताए। उनले भने, ‘फुटबलमा गोल नै चाहिन्छ। हामीले पहिलो गोल निकाल्यौं। तर डिफेन्स कमजोर हुँदा पराजित हुनुपर्यो।’ दोस्रो हाफमा घाइते भएका पुलिसका हेमन्त श्रेष्ठ उपचारार्थ अस्पताल पुर्याइए।

खेल हेर्न अघिल्ला दिनका तुलनामा वेशी नै दर्शक पोखरा रंगशाला आएका थिए।

आयोजक कास्की जिल्ला फुटबल संघका अनुसार आइतबारदेखि क्वार्टरफाइनलमा खेल सुरु हुनेछन्। जसअनुसार पहिलो क्वार्टरफाइनलमा एपिएफ र थ्रिस्टारबीच खेल हुनेछ।

प्रतियोगितामा पहिलो चरणको खेल जित्दै एपिएफसहित क्यामरुनको डफिन्स टिम फेमेली र ब्रिगेड व्याइज क्लब अघिल्लो चरण प्रवेश गरिसकेका छन्।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेशसभामा ४ जना दोहोरिए

    धनबहादुर गुरुङ मंसिर १२, २०७९
    पोखरा । गण्डकी प्रदेश सभाको प्रत्यक्ष ३६ सिटमा धेरै नयाँ अनुहार आएका छन् । ३४ सिटको टुंगो लाग्दासम्म कांग्रेसले १६,…
  • चुनावी परिणाम : मुलुक अस्थिरतामा धकेलिने चिन्ता

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०७९
    पोखरा । प्रतिनिधि सभा तथा प्रदेश सभाको हालै सम्पन्न निर्वाचनको परिणामले दलहरु सम्भावित सत्ताको खेलमा लाग्दा मुलुक अस्थिरतामा धकेलिन सक्ने…
  • ६० निवर्तमान सांसद पराजित

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    काठमाडौं । अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दा बढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो…
  • टुक्रे योजना कार्यान्वयनमा समस्या

    आदर्श समाज सम्वाददाता मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक एवं प्रथम चौमासिक…
  • महिला सहभागितामा समानुपातिककै भर

    धनबहादुर गुरुङ मंसिर ११, २०७९
    पोखरा । गण्डकी प्रदेशसभामा ६० सिट कायम छ । संविधानले व्यवस्था बमोजिम प्रदेश संसदमा ३३ प्रतिशत महिला सहभागिता पुर्‍याउन कम्तीमा…

hero news full width