रक्तदानमा ६५ यूनिट संकलन

आदर्श समाज सम्वाददाता
माघ २०, २०७५
radacrass 32_Fotor

रेडक्रस उपशाखा सभापति किसान परियारलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम उद्घाटन वडाध्यक्ष अक्कलबहादुर कार्की। तस्वीरः कविराज खनाल/आदर्श समाज

रेडक्रस उपशाखा सभापति किसान परियारलाई ब्लडब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम उद्घाटन वडाध्यक्ष अक्कलबहादुर कार्की। तस्वीरः कविराज खनाल/आदर्श समाज

लेखनाथ, १९ माघ। नेपाल रेडक्रस सोसाइटी पोखरा–३२, उपशाखाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ६५ यूनिट रगत संकलन भएको छ।

कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष अक्कलबहादुर कार्कीले मानवीय कार्यमा समर्पित रेडक्रसले समाजमा सकारात्मक सन्देश दिने खालका कार्य गर्दै आएकाले आगामी दिनमा वडा कार्यालयबाट हुने हरेक कार्यक्रममा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उपशाखा सभापति किसान परियारको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सभापति मेघराज पौडेल,  निवर्तमान सभापति टेकनाथ पन्थी, आवीवन सदस्य मोहनकुमार प्रधान, जिल्ला शाखाका सहजकर्ता रमा न्यौपाने लगायतले बोलेका थिए। रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा संचालित सो कार्यक्रममा स्थानीय आमा समूह र युवा क्लबको सक्रियतामा संचालित कार्यक्रममा ३५ जनाभन्दा बढी आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य आजीवन सदस्य शरण कुमार र संचालन सचिव विन्दुराज तिवारीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • मदरल्यान्डमा माविमा अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । मदरल्यान्ड माविमा शिक्षक अभिभावकबीच शनिबार अन्तक्र्रिया भएको छ । कक्षा नर्सरीदेखि एलकेजीसम्मका विद्यार्थीका अभिभावकको सहभागितामा भएको अन्तक्र्रियामा बालबालिकाको…
  • ला ग्रान्डीेमा ७० युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखराको सिमलचौरस्थित ला ग्रान्डी इन्टरनेसनल कलेजको रक्तदानमा ७० युनिट रगत संकलन गरिएको छ । कलेजका विद्यार्थीहरुको संस्था आइडियाज…
  • सहजकर्ता र सूचीकार तालिम

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको सीप र ज्ञानलाई व्यवहारमा कार्यान्यन गर्नुपर्नेमा जोड दिएकी छन् । पोखरा…
  • कर्माचार्य समाजमा बधाई तथा सम्मान

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । कर्माचार्य समाज, कास्कीले बधाई तथा सम्मान कार्यक्रम गरेको छ । स्थानीय निर्वाचन २०७९ मा कर्माचार्य बन्धुहरु कर्माचार्य समाज,…
  • आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’

    आदर्श समाज सम्वाददाता असार २०, २०७९
    पोखरा । दलित समुदायले चलाएको सामुदायिक होमस्टे आँपस्वाराको प्रवद्र्धन गर्न कन्सेप्ट नेपालले २६ जना स्थापित लेखकलाई घुमाएको छ । तनहुँको…

hero news full width