पोखरा, १९ माघ। राष्ट्रिय बिमा कम्पनी लिमिटेडले गण्डकी प्रदेशको राजधानी पोखरामा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको औषधि उपचार तथा घातक रोगको उपचार बिमा सम्बन्धमा सरोकारवालासँग अन्तक्र्रिया गरेको छ।
सञ्चयकर्ताको स्वास्थ्य बिमासम्बन्धी जानकारी गराउनु र बिमा सेवा सहज र सरलीकरण गर्न आवश्यक सुझाव संकलनका लागि सो कार्यक्रम गरिएको हो।
कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको कर्मचारीहरुको लागि बिमा कम्पनीमार्फत सामान्य रोगको लागि १ लाखको औषधि उपचार तथा ९ वटा रोगको लागि १० लाख रुपैयाँको घातक रोगको उपचार बिमा व्यवस्था गरेको छ।
२०१९ सालमा स्थापित कर्मचारी सञ्चय कोषले सामाजिक सुरक्षाको अवधारणाअनुरुप सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चय कोषले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग समझदारीसमेत गरेको हो।
पोखरामा शुक्रबार आयोजित बिमासम्बन्धी अन्तक्र्रियामा कम्पनीका सहव्यवस्थापक सिर्जना पन्तले सो योजनाअन्तर्गत सञ्चयकर्ता बिरामी भई अस्पतालामा भर्ना भएर सामान्य उपचारमा १ लाख र घातक रोगमा १० लाखको बिमा गरिने भएको जानकारी दिइन्। उनका अनुसार घातक रोगमा हृदयरोग, मृगौला फेल, क्यान्सर, अल्जाइमर, पार्किन्सन, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, लिभर ड्यामेज पर्दछन्।
कार्यक्रममा कम्पनीका बजार विशेषज्ञ सुकल्याण पराजुलीले २०७५ माघ १ गतेदेखि लागू हुने गरी घर बिमाको योजना ल्याएको जानकारी दिए। बिमा गास, बास र कपासपछिको चौथो आवश्यकता भएको उनले दाबी गरे। कम्पनीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा भूकम्पपछि अनुदानमा पुनर्निर्माण भएका निजी घरको समेत बिमा गर्ने जानकारी दिँंदै उनले अनुदानमा निर्मित निजी आवासको बिमासम्बन्धी कार्यविधि, २०७५ बनाएर बिमा गर्न लागेको उल्लेख गरे।
बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा डिल्लीराज अर्यालले कम्पनीले सरकारी स्वामित्वमा रहेर बिमा व्यवसाय गर्ने बताए।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगर, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डे, कालिका गणका गणपति मुरारीराज बस्नेत, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, राष्ट्रिय अनुसन्धान कास्कीका भूमिराज पाठक, प्रदेश मन्त्रालयका सचिवहरु गोपाल अर्याल, लालमणि ओझा कर्मचारी सञ्चय कोषका नायब मुख्य अधिकृत अर्जुन गौतम, राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष उमेशचन्द्र उपाध्याय लगायतको उपस्थिति रहेको कर्मचारी सञ्चयकोष पोखरा शाखाका प्रमुख दिलीपराज पौडेलले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
बजेटमा निजी क्षेत्रको असन्तुष्टी
खेल पूर्वाधारतर्फ १५ करोड
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९