‘भ्रष्टाचार सूचीमा नेपाल दक्षिण एसियामै तेस्रो’

आदर्श समाज सम्वाददाता
माघ १६, २०७५
corruption-nepal

पोखरा, १५ माघ। नेपाल दक्षिण एसियामै धेरै भ्रष्टाचार हुने देशको तेस्रो स्थानमा सूचीमा छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचक सीपीआईले नेपाल १ सय ८० देशमध्ये १ सय २४ औं स्थानमा रहेको देखाएको हो।

सीपीआई प्रतिवेदनमा नेपाल गत वर्ष १ सय २२ औं स्थानमा थियो। नेपालले ३१ अंक पाएको छ। दक्षिण एसियाली मुलुकमा नेपालसँगै माल्दिभ्स समान १२४ औं स्थानमा छ। माल्दिभ्सले पनि ३१ अंक पाएको छ।

सुनास कास्कीद्वारा मंगलबार पोखरामा आयोजित कार्यक्रममा नेपाल दक्षिण एसियाको देशमध्ये बढी भ्रष्टाचार हुने देशको तेस्रो नम्बरमा रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलका पूर्व उपाध्यक्ष आनन्दराज मुल्मीले बताए ।

मुल्मीका अनुसार सरकारले सुशासन कायम गर्न नसकेका कारण नेपाल यस्तो सूचीमा पुगेको हो। निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घूस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी सूचनामा नागरिकको पहुँचमा कमी र राजनीतिमा भ्रष्टाचारका कारण २०१८ मा नेपालले पाएको स्कोरले नेपालको अवस्था चिन्ताजनक रहेको मुल्मीको भनाइ छ।

‘२०१८ मा नेपाललाई सूचीमा पुर्याउन स्थिर राजनीतिक व्यवस्था हुँदाहुँदै पनि सुशासनलाई जनताको पहुँचमा पुर्याउन नसक्नु र देशको न्याय प्रणालीमा विश्वासनीयता कमजोर हुँदै जानुका कारण नेपाल यस्तो सूचीमा आएको हो,’ मुल्मीले भने, ‘जवाफदेहिता र सुशासनमा प्रत्याभुत गर्ने कुरामा सरकार कति सफल भयो र कति असफल भयो भन्ने कुरामा रिपोर्टले संकेत गरेको हुन्छ।’

सरकार जवाफदेहितामा पूरै असफल रहेको मुल्मीले बताए। अनियमितता र गैरकानूनी कार्यलाई रोक्ने सरकारी संयन्त्र तथा नियमन निकाय असफल रहेको उनको भनाइ थियो। ‘नियमनकारी निकायहरुलाई फिल्डमा उतार्न नसक्नु हाम्रो सबैभन्दा ठूलो कमजोरी रहेको छ,’ उनले भने।

दक्षिण एसियामा अफ्गानिस्तान सबैभन्दा धेरै र बंगलादेश दोस्रो धेरै भ्रष्टाचार हुने देशका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ। अफ्गानिस्तानले १६ अंक पाउँदै १७२ औं स्थानमा छ।

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान रहेको छ। भुटानले ६८ अंक पाउँदै विश्वमै २५ औं स्थानमा छ।

भुटानपछि भारत दक्षिण एसियामा कम भ्रष्टाचार हुने मुलकमा पर्दछ। भारतले ४१ अंक ल्याउँदै ७८ औं स्थानमा छ। त्यसपछि श्रीलंका ३८ अंकसहित ८९ औं स्थानमा, पाकिस्तान ३३ अंकसहित ११७ औं स्थानमा, बंगलादेश २६ अंकसहित १४९ औं स्थानमा छ।

दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफ्गानिस्तान हो ।दोस्रो स्थानमा बंगलादेश छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले विश्वका १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरी एकसाथ सीपीआई प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।

डेनमार्क विश्वमै कम भ्रष्टाचार हुने देशको पहिलो सूचीमा परेको छ। डेनमार्कले कुल १ सयमा ८८ अंक पाएको छ। सोमालिया विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमध्ये पहिलो सूचीमा छ। सोमालियाले १ सयमा जम्मा १० अंक पाएको छ।

ट्रान्सपरेन्सीले १ सय ८० देशमा भ्रष्टाचारको अवस्थाबारे अध्ययन गरेको हो। नागरिक र सेवाग्राहीले व्यक्त गर्ने अवधारणका आधारमा तय गरिने भ्रष्टाचार अवधारणा सूचकांक अर्थात करप्सन पसेर्प्सन इण्डेक्स (सीपीआई) प्रतिवेदन तयार गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल आफै प्रत्यक्ष संलग्न हुँदैन। विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायहरुले गर्ने सवेर्क्षणका क्रममा संकलन गरिने सूचनालाई विश्लेषण गरेर समग्र सूचक निकालिन्छ। सन् २०१८ मा नेपालका लागि सीपीआई तयार गर्ने क्रममा ६ वटा संस्थाहरु संलग्न भएको टीआईका पूर्व उपाध्यक्ष मुल्मीले बताए। उनका अनुसार विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बटेर्ल्सम्यान फाउण्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट, भीडीइएमलगायत गैरसरकारी संस्था र दातृ निकाय यसपटकको सवेर्क्षणमा सहभागी थिए।

यीमध्ये भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट सवेर्क्षणमा तेस्रोपटक सहभागी भएको हो। यी सबै संस्थाले दिएको अंकको औसत निकालेर सूचकांक तयार गरिन्छ। सूचकांकमा १ सय अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार जनाउने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ।

सुशासनका लागि नागरिक समाज कास्की उपाध्यक्ष बुद्धि मल्लको अध्यक्षतामा भएको कार्यक्रम सचिव भानु पराजुलीले संचालन गरेका थिए।

कार्यक्रममा सुनास कास्कीका सल्लाहकार, पूर्व अध्यक्ष, पदाधिकारी, सदस्य तथा संचारकर्मीको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

hero news full width