पोखरा, १५ माघ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पोखरा–२२, पुम्दीभुम्दीस्थित शुक्रराज माविको खेल मैदान निर्माण तथा मर्मतका लागि १० लाख रुपैयाँ मन्त्रालयबाट बिनियोजन भएको जानकारी दिएका छन् ।
विद्यालयको स्वर्ण महोत्सव समारोहको दोस्रो दिन मंगलबार विभिन्न दाता, विद्यालय व्यवस्थापन समिति पूर्व सदस्य, अक्षयकोषदाता, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व कर्मचारी लगायतलाई सम्मान गर्दै मन्त्री विश्वकर्माले सो जानकारी दिएका हुन् ।
विद्यालयमा संचालित प्राविधिक विषय पशु विज्ञानलाई अझ प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने वचन दिँदै उनले अबको शिक्षा प्राविधिक तथा व्यावसायिक शिक्षा हुनुपनेर्मा जोड दिए।
मन्त्री विश्वकर्माले भने, ‘पुम्दीभुम्दी बहुआयामिक सम्भावना भएकोले यहाँको आर्थिक विकास र समृद्धि हासिल गर्न पर्यटन मुख्य आधार हुन सक्छ।’
गण्डकी प्रदेश सांसद राजीव पहारीले आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर जनतासँग आउने जाने गरेको बताउँदै विद्यालयको आधुनिक तथा प्राविधिक शिक्षाको लागि आवश्यक सहयोग गर्ने जनाए। कार्यक्रममा पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बराल, सदस्य मात्रिकाप्रसाद बराल, भूत पूर्व विद्यार्थी मञ्च अध्यक्ष बालकृष्ण बराल लगायतले विद्यालयको शैक्षिक गुणस्तरको लागि सहयोग गर्ने बताए।
प्रदेश सांसद समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामजी बराल जीवनको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
विद्यालय प्राचार्य नरनाथ बरालले बुधबार स्वर्ण महोत्सव समापन हुने जानकारी दिए । त्रीदिवसीय समारोहअन्तर्गत समापनमा शिक्षा सचिव खगराज बरालको प्रमुख आतिथ्यता रहनेछ ।
Related News
सम्बन्धित समाचार
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
नेरेसो उपशाखा ८ को सभा
रैथाने अन्नबाली खान जोड
कालिका क्याम्पस अध्यक्षमा किरण केसी
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९