वन्यजन्तु आतंक रोक्न रेडियो

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५

नवलपरासी, १४ माघ। हामी रेडियो केका लागि बजाउँछौं ? समाचार सुन्न, गीतसंगीत सुन्न वा स्थानीय परिवेश बुझ्न । सामान्यतया सबैको यस्तै उत्तर आउँला ।

नवलपरासीमा निकुञ्ज आसपासका बासिन्दा भने वन्यजन्तुको आक्रमण रोक्न रेडियो बजाउन थालेका छन्।

सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य यही हो। त्यसो त अझै पनि कुखुरापालक किसानले बाहिरको होहल्ला कुखुराको खोरसम्म जान नदिन कुखुराको खोरमा ठूलो आवाजमा रेडियो बजाएर छाड्छन्। किसानले यसको सफल अभ्यास गरेको लामै समय भयो। तर, अहिले त्यही ठूलो आवाजको रेडियो वन्यजन्तुको आतंक रोक्न काम लागेको छ।

देवचुली नगरपालिकाका बसन्त पोख्रेल राति ८/९ बजेपछि बारीको बीचमा रेडियो लैजान्छन् र ठूलो आवाजमा बजाएर छाड्छन्। उनले भने, ‘रेडियोका आवाज मान्छे बोलीराखेझैं मानेर होला, रेडियो बजाएर छाडेको दिन खेतबारीमा वन्यजन्तुले नोक्सान पारेको हुँदैन।’

चितवन राष्ट्रिय निकुञ्ज नजिकै खेतबारी भएका पोख्रेललाई पहिला आफ्नो बारीमा लगाएको अन्यबाली चितवन राष्ट्रिय निकुञ्जबाट आउने बँदेल, गैँडा, बाँदर लगायत जनावरले खाएर सताउने गर्दथ्यो। अहिले ठूलो आवाजमा रेडियो बजाएर छाडिदिने गरे पनि जंगली जनवारले नसताएको उनले बताए।

उनले साँझ ८/९ बजेदेखि बिहान उज्यालो नहुँदासम्म बजाएर राखिदिने गरेको बताए। पोख्रेलले भने, ‘अहिले हाइसञ्चो भएको छ। जंगली जनावर हाम्रो गहना हो । त्यसलाई क्षति पुराउन पनि भएन त्यसैले यस्तो जुक्ति लगाएको काम भयो।’

पोख्रेलले प्रयोग गरेको जुक्ति अहिले धेरैले प्रयोग गर्न थालेका छन्। खेतमा नमान्छे हुन्छ न त कुनै घर तर पनि निकुञ्ज नजिक खेत बारी भएका प्रायले अहिले रातिको समय ठूलो आवाजमा जंगली जनावरलाई त्यहाँ मान्छे भएको भान पार्न रेडियो बजाएर छाड्ने गरेका छन्।

देवचुली २ बस्ने नारायण भण्डारीले पनि आफूले पनि खेतमा जंगली जनवारको आतंक रोक्न रातिको समय रेडियो बजाएर छाड्ने गरेको बताए।

निकुञ्जबाट निस्कने जनावरले पूर्व नवलपरासीको दक्षिण क्षेत्रमा बालीनालीमा मात्र नोक्सान पुर्याउनेमात्र नभई कहिलेकाहीं मानवीय क्षतिसमेत पुर्याउने गरेको छ।

यहाँ रहेका मध्यवर्तीहरुले निकुञ्जको जंगली जनवार गाउँ नपसोस् भनी शुरुमा काँडेतारबार गरे । त्यो सफल भएन । त्यसपछि विद्युतीय झड्का दिने तारबार गरे तर त्यो पनि सफल नभएपछि निकुञ्ज र मानववस्तीबीच दुरी कायम राख्न पर्खाल नै लगाउन शुरु गरेको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width