पोखरा, १४ माघ : डा. गोविन्द केसीसँग गरेको सम्झौता अनुसार नै चिकित्सा शिक्षा विधेयक संशोधन गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
डा.गोविन्द केसीका माग पूरा गराउन दबाब दिन आन्दोलनरत चिकित्सकले सोमबार (आज) देखि सामूहिक रूपमा त्रिवि शिक्षण अस्पतालमा अनसन बस्ने घोषणा गरेका छन्। डा. केसी १६ औं पटक आमरण अनसनमा वसेका छन् ।
संवेदनशील राज्यमा सत्याग्रह ठूलो आन्दोलन भए पनि सरकारले डाक्टर केसीलाई बेवास्ता गरेको भन्दै चिकित्सक असन्तुष्ट वनिरहेका छन् ।
राज्यले आफैंले सम्झौता गरेको मसी सुक्न नपाउँदै बेइमानी भयो,’ संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले बेइमानी गर्नु हुन्न। प्रधानमन्त्री जोसुकै होस्। उहाँ आजीवन यो पदमा बस्ने होइन। प्रधानमन्त्रीको पदको गरिमामा आँच आइराखेको छ। सम्माननीय प्रधानमन्त्रीलाई पदको गरिमा राख्न अनुरोध गर्दछौं।’
प्रधानमन्त्रीलाई दुइ तिहाइको गर्व नगर्न पनि आन्दोलनरत चिकित्सकले चेतावनी दिएका छन् । ‘प्रधानमन्त्री होइन संसारका बादशाह, तानाशाह ढलेका छन्। दुई तिहाइको गर्व नगर्नुस् कुनै दिन पछुताउन पर्ने हुन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘तीन करोड नेपालीको मर्म र भावनालाई छुने माग डाक्टर केसीले राखेका छन्। डाक्टरलाई फुटाउने र डाक्टरको संगठनलाई फुटाउने र डर देखाउने काम भएको छ।’्
नेपाल चिकित्सक संघ चिकित्सकहरूको संगठन भएको र कसैको भातृ संगठनको रूपमा नबुझ्न पनि उनले आग्रह गरे। चिकित्सक संघ कसैको झन्डा बोकेर हिँड्दैन, उनले भने।
चिकित्सा शिक्षामा कांग्रेस र कम्युनिष्ट दुबैले राजनीतिकरण गरेको चिकित्सकको भनाइ छ। ‘डाक्टर केसी हाम्रो आजीवन सदस्य हो। केसीको समर्थनमा कडा आन्दोलन चाल्न परे पनि चाल्छौं। सबै उर्लेर आउँछौं,’ उनले भने—माग पूरा नभए सत्ता ढालेर छाड्छौं। चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्छ।’
Related News
सम्बन्धित समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
मालपोत कर घटाउन दबाब
ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
hero news full width
मुख्य समाचार
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९