सरकारको बिरोधमा नेविसंघ

रासस
माघ १४, २०७५

काठमाण्डौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा नेतृत्व सरकारको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेको छ ।

काठमाण्डौको त्रिचन्द्र कलेज अगाडि र पशुपति क्याम्पस अगाडि प्रधानमन्त्रीको पुत्ला दहन गरेको नेविसंघले जनाएको छ । नेविसंघले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको, निर्मला पन्तको हत्यारा पहिचान नगरेको, डाक्टर गोविन्द केसीले राखेका माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक ल्याएकोमा विरोध गरेको हो ।

नेविसंघ नेता दीपक भट्टराईले सरकारले दुई तिहाइको दम्भले जनविरोधी काम गर्दै गएको आरोप लगाए। छ महिना हुँदा पनि निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई सरकारले पहिचान गरी कारबाही गर्न सकेन,’ उनले भने, ‘मूल्यवृद्धि नियन्त्रण गर्न, जनताको सुरक्षा गर्नबाट सरकार चुक्यो।’

यस्तै, नेविसंघ ग्रामीण आदर्श र एनआर कलेजले पनि सरकारविरूद्ध नाराबाजी गरेको छ। नेविसंघका पवन थापा, सन्तोष गुरुङ, उत्तम पाठक, किरण भट्टराईलगायत १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर बालाजु वृत्तमा राखेको छ । नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले शान्तिपूर्ण प्रदर्शनमा रहेका आफ्ना संगठनका विद्यार्थीलाई प्रहरीले दुःख दिएको वताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width