‘जीवनस्तर सुधारमा प्राथमिकता’

रासस
माघ १४, २०७५

म्याग्दी, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धि गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छन् ।

म्याग्दीको मुनामा आज धौलागिरि गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्नु नै हाम्रो मुख्य प्राथमिकता रहेको छ ।

‘पर्यटन, जलविद्युत्, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी वृद्धि गराउनु गण्डकी प्रदेशको लक्ष्य हो,’ मुख्यमन्त्री गुरुङले भने, ‘खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत् सेवामा आम नागरिकको पहुँच वृद्धिमा जोड दिएका छौँ ।’

मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र ढोरपाटन शिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धौलागिरि संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गरे ।

सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत्, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्यचौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिए ।

सो अवसरमा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले स्थानीय तहसँग सहकार्य गरेर वन पैदावारको संरक्षण र उपयोगसँगै आयआर्जन वृद्धि, पर्यटन विकासमा जोड दिएको बताए । धौलागिरि गाउँपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, पदमार्गको विस्तार र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताए ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संसारको सातौ अग्लो धौलागिरि, गुर्जालगायत हिमाल, ढोरपाटन शिकार आरक्ष अवस्थित धौलागिरि गाउँपालिकाको सडक, विद्युत्, भवन, शिक्षा, सञ्चारलगायत पूर्वाधारका क्षेत्रमा सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रजिअ लीलाधर अधिकारीले भौगोलिक हिसाबले विकट र दुर्गम भए पनि धौलागिरि गाउँपालिका पर्यटन, जलविद्युत्, जडीबुटीका हिसाबले प्रशस्त सम्भावना बोकेको बताए । उनले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वार्ड एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिए ।

उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी विकास र सम्बृद्धीमा रुपान्तरण गराउन आवश्यक ऐन कानून छिटो बनाउन प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराए । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दुर्गम भएकाले कर्मचारी आउनै नमान्ने र आए पनि सरुवा भएर जाने समस्या धौलागिरि गाउँपालिकाको विकास र सार्वजनिक सेवा प्रवाहमा देखिएको चुनौती भएको बताए ।

Related News

सम्बन्धित समाचार

  • विद्यार्थीलाई गुन्द्री बुन्नेदेखि दुनाटपरी तयार गर्ने सीप

    रासस मंसिर १६, २०७९
    पाल्पा । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप…
  • गोरखकाली रबर उद्योग : चिनियाँ टोलीको उद्योग सञ्चालनमा चासो

    प्रकाश ढकाल मंसिर १६, २०७९
    पोखरा । नेपालमा भारत, चीन, इटाली, अमेरिकालगायत देशबाट बढी टायर भित्रिन्छ । बर्सेनि १२ अर्ब रुपैयाँभन्दा बढी टायर खरिदमा नेपालले…
  • ‘जंगल जंगल डुल्नुपर्छ भन्ने चिन्ताले नर्सिङ’

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०७९
    पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारले स्रष्टाका अनुभव र अनुभूतिअन्तर्गतको नयाँ शृंखलामा मंगलबार साहित्यकार तथा राधा पौडेललाई प्रस्तुत ग¥यो ।…
  • दलले गुमाए मत

    प्रकाश ढकाल मंसिर १५, २०७९
    पोखरा । पहिलो पार्टी बन्ने तरखरमा रहेको नेपाली कांग्रेस र बलियो पहिलो पार्टीबाट दोस्रोमा खस्किन लागेको एमालेसहित परम्परागत अधिकांश दलको…
  • कास्कीमा ५ प्रतिशत मत बदर

    रासस मंसिर १४, २०७९
    पोखरा ।कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको…

hero news full width