काठमाण्डौं, १३ माघ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराइलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । कैलास हेलिकप्टर सर्भिसेजको ९ एन एजेजे हेलिकप्टरबाट उनलाई आइतवार काठमाडौं लगिएको हो ।
दुर्घटनामा परेका भट्टराईलाई ग्रान्डी अस्पतालका क्रिटिकल केयर स्पेसलिष्ट डा. अजय थापासहितको टोली आएर काठमाडौं लगेको हो । उनी चढ्दै आएको जिल्ला प्रशासन कार्यालय बाराको ना १ झ १६३३ नम्बरको गाडी शनिबार बेलुका दुर्घटना भएको थियो । दुर्घटनामा सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको थियो ।
वीरगञ्ज हेल्थ केयर अस्पतालमा न्युरो सर्जन डाक्टर फिरोज अफजल नेतृत्वको चिकित्सक टोलीले राति नै प्रजिअ भट्टराईको टाउकोको शल्यक्रिया गरी जमेको रगत निकालेको थियो ।
प्रजिअ भट्टराईको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । अस्पतालका प्रबन्ध निदेर्शक अबुलेस अन्सारीले प्रजिअ भट्टराईको जीवन रक्षाका लागि अस्पतालले सकेसम्मको कोशिष गरेको बताए ।
‘टाउकोमा जमेको रगत शल्यक्रिया गरेर निकालिएको छ । ४ पिन्ट रगत पनि चढाएका छौं । बिपी नर्मल देखिएको छ,‘ उनले भने, ‘अवस्था सुधारउन्मुख छ, भाइटल स्टेबल अवस्थामा छन् ।
कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको पिकनीकमा सहभागी भइ निजगढबाट र्फकने क्रममा पसाहा पुल नजिकै हाइवेमा गाडी दुर्घटना भएको थियो । रोकेर राखेको ट्याक्टरको ट्रलीमा ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका प्रमुख जिल्ला अधिकारी भट्टराईका अंगरक्षक सञ्जय यादव, शम्भु गुरुङ र सवारी चालक जगत पटेलको अवस्था भने सामान्य छ ।
Related News
सम्बन्धित समाचार
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
hero news full width
मुख्य समाचार
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९सरकारसँग सम्झौता कार्यान्वयनमा क्षत्री समाजको दबाब
चैत्र ८, २०७९