पोखरा लर्नसमा १३ औ खेलकुद शुभारम्भ

आदर्श समाज सम्वाददाता
माघ १४, २०७५
pokhara lerners_Fotor

पोखरा, १३ माघ ।पोखरा–७, माछापुच्छ्रे टोलस्थित पोखरा लर्नस एकेडेमीमा १३ औ संस्करणको त्रिदिवसीय खेलकुद कार्यक्रम सुरु भएको छ । कार्यक्रमको आइतबार संघीय ईकाई प्रहरी गण्डकी प्रदेशका वरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्रप्रसाद चौधरीले उद्घाटन गरे ।

उद्घाटन समारोहमा बोल्दै उनले खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गीण विकासको लागि आबश्यक पर्ने बताए । कार्यक्रममा बोल्दै विद्यालयका निदेर्शक ईश्वरबन्धु गौतम, संस्थापक प्राचार्य, विधान गौतम, सह–प्राचार्य उष्णा गौतमले विद्यार्थीले खेलकुदबाट समेत सुन्दर भविष्य बनाउन सक्ने भनाइृ राखे ।

तीन दिनसम्म फुटबल, ह्याण्डबल, दौड, रस्साकस्सी, कबड्डी, बेलुन फुटाई, तातो आलुलगायतका खेल सञ्चालन हुने कार्यक्रम संयोजक कृष्णप्रसाद लम्सालले जनाए । खेलकुद कार्यक्रम मंगलबारसम्म चल्नेछ । एजेन्सी

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width