पोखरा, १२ माघ। सवारी दुर्घटनामा परी सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलको मृत्यु भएको छ।
बाराका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी चढेको ना१झ १६३३ नम्बरको सरकारी जिप शनिवार राति दुर्घटनाग्रस्त हुँदा एसपी पोखरेलको मृत्यु भएको हो। दुर्घटनामा प्रजिअ गणेश भट्टराईसहित ३ जना गम्भीर घाइते छन्। कर्मचारी मिलन केन्द्र बाराको वनभोज खाएर फर्कनेक्रममा पथलैया–निजगढ सडकखण्डको पसाहा पुलनजिक जीप दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै सिमरास्थित अल्पाइन अस्पतामा उपचारका लागि लगिए पनि चिकित्सकले पोखरेललाई मृत घोषणा गरे। एसपी पोखरेल सशस्त्र प्रहरी बल १२ नं गणका प्रमुख थिए।
चिकित्सकका अनुसार सिडिओ भट्टराईको अवस्था गम्भीर रहेको छ। उनको टाउकोमा गम्भीर चोट लागेको छ।
दुर्घटनामा चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव र प्रहरी हवल्दार शम्भु गुरुङ सामान्य घाइते भएका छन्। घाइतेको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ। वनभोजमा बाराका अधिकांश सरकारी कार्यालयका कर्मचारी सहभागी थिए।
फर्कने क्रममा सडकमा रोकिरहेको ट्रयाक्टरको ट्रेलरमा गाडी ठोक्किएको हो। गाडी सडकबाट १० मिटर तल खसेको छ।
Related News
सम्बन्धित समाचार
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
छोराद्वारा आमाको हत्या
नेकपा एसका ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
असार १४, २०७९