ठिनी, १२ माघ । मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ।
वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो। जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सडकमा हिउँ जमेपछि बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ। जोमसोममा एक फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ। भारी हिमपातका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकसमेत अवरुद्ध बनेको छ। बेनी, पोखरा, काठमाडौँलगायतका स्थानबाट जोमसोमका लागि छुटेका सवारी साधन शनिबार बिहानैदेखि घाँसामा रोकिएका सहायक प्रजिअ विश्वेश्वर रेग्मीले बताए । सहायक प्रजिअ रेग्मीका अनुसार मुस्ताङमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पैदलमार्ग र विद्युत् सेवा अवरुद्ध बनेको छ । गाउँपालिकाको सबै सडक, पैदलमार्ग हिउँका कारण आवतजावत बन्द भएको अध्यक्ष थमसरा पुनले बताए ।
म्याग्दीका विभिन्न ठाउँमा हिउँ र हावाहुरीले पोल ढलाएको, तार चुँडाएकाले शुक्रबार रातिदेखि केन्द्रीय प्रशारण लाइनको विद्युत् अवरुद्ध भएको छ । बरञ्जा, भकिम्ली, राम्चे र फलामेडाँडा क्षेत्रमा विद्युत्का पोल ढलेको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।
करीब पाँच महीनापछि वर्षा भएको हो । मुस्ताङमा यस वर्ष चौथोपटक हिउँ परेको हो । बेनपा–१० बाखेतका लालबहादुर पुनले म्याग्दीमा १२ वर्षयताकै ठूलो हिमपात भएको बताए । वर्षा र हिमपातले सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने भएकाले कृषकमा खुसियाली छाएको छ ।
म्याग्दीको घोडेपानी, टोड्के, डोले, रुइसे, ताकमलगायतका पर्यटकीय स्थलमा हिउँ खेल्न विभिन्न ठाउँबाट पर्यटक पुगेका छन् । बेनी–जोमसोम, पोखरेबगर–घोडेपानी, बेनी–दर्वाङलगायत म्याग्दी र मुस्ताङमा सञ्चालित विकास निर्माणका काम पनि हिमपातका कारण ठप्प बनेको छ ।
यसैगरी, हिमपातका कारण लोमानथाङ गाउँपालिका, लो घेकर दामोदरकुन्ड गाउँपालिका र थासाङ गाउँपालिकामा सञ्चार अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जानकारी दिएको छ। चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको जोमसोमका बासिन्दा देउबहादुर विकले बताए। स्थानीयबासिन्दा घरभित्रै आगो तापेर बसेका छन्। गाई, भेडा, चौँरी, च्याङ्ग्रालगायत घरपालुवा जनावरलाई सुख्खा घाँसपात खुवाएर राखिएको छ। चरनका लागि छाडिएको छैन। पर्यटकीयस्थल पनि सुनसान छन्। जोमसोम विमानस्थलमा एक फिट हिउँ जमेको कारण अवरुद्ध भएको छ। भारी हिमपातका कारण हवाई उडान नभएको जोमसोम नागरिक उड्डयनका कार्यालय प्रमुख भानु कौरलाले बताए। मौसम राम्र्रो हुनासाथ हिउँ पन्छाउने कौरलाले बताए। पोखरा–जोमसोम हवाई रुटमा दैनिक दुई वटा तारा एयरले उडान भर्ने गरेको थियो।
सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि न्यून छ। सडक, पुल, भवन, सिँचाइलगायत विकास निर्माणका काम पनि चिसोका कारण प्रभावित बनेको छ। उपल्लो मुस्ताङका बासिन्दा कुरुवालाई घर जिम्मा लगाउँर जाडो छल्न कात्तिकमै बेँसीका न्यानो स्थानमा झरेका थिए। वर्षा र हिमपातले कृषकमा भने खुशियाली छाएको छ। यो वर्ष मुस्ताङमा चौथो पटक हिउँ परेको हो। वर्षा भएपछि सिँचाइ हुने, खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने थासाङ गाउँपालिका–३ लेतेका कृषक नरसिंह शेरचनले बताए।
हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बोट बिरुवा फस्टाउने, उत्पादन बढ्ने कृषक बताउँछन्।
स्याउको परागसेचनका लागि माइनस तापक्रमको आवश्यकता पर्ने शितोष्ण बागवानी फार्म मार्फाका प्रमुख बालकृष्ण अधिकारीले बताए। स्याउ, जौ, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
मालपोत कर घटाउन दबाब
ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
hero news full width
मुख्य समाचार
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९