गणतन्त्र दिवसमा झण्डारोहणपछि सलामी अर्पण गर्दै पीपीओ पोखरा प्रमुख ले.क. प्रतीक शर्मा र मेजर डा. शिवप्रसाद सिंह। तस्वीर सौजन्य : जय गुरुङ
पोखरा, १२ माघ। छिमेकी राष्ट्र भारतले शनिबार ७० औं गणतन्त्र दिवस मनाएको छ। भारतमा संविधान लागू भएको अवसरमा हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसरुपमा मनाउँदैआएको छ।
दिवस अवसरमा नेपालस्थित भारतीय दूतावास काठमाडौंले विभिन्न कार्यक्रम आयोजना गर्यो । पोखरामा पनि भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय (पीपीओ), रामबजारले समेत विविध कार्यक्रम गरी दिवस मनायो।
उक्त अवसरमा पीपीओ पोखरा प्रमुख लेफ्टिनेन्ट कणेर्ल प्रतीक शर्माले भारतीय झण्डारोहण गरे। भारतीय सेनामा रहँदा वीरगतिप्राप्त भारतीय गोर्खा सैनिकका वीर शहीदको स्तम्भमा उनले माल्यार्पण गरे।
शर्माले सदिँयौदेखि बहादुरी र कत्र्तव्यनिष्ठको लागि प्रसिद्ध वीर नेपालीको भारतीय सेनामा सहभागिता रहेकोमा भारतलाई गर्व रहेको औंल्याए। विश्वमै बहादुरी र बफादारीरुपमा परिचित गोर्खा भूपू तथा तिनका आश्रित परिवारजनप्रति भारतले नोकरी वा सेवानिवृत्त हुँदासमेत आवश्यक सेवासुविधालाई उच्च प्राथमिकता दिएको उल्लेख गरे ।
‘भारतले नेपालमा रहेका भूपूको स्वास्थ्य उपचारका लागि इसीएचएस सुविधा लागू गरेको छ,’ शर्माले भने, ‘यो सेवाअन्तर्गत हालसम्म २५ सय ८६ जना भूपूहरुले नेपाल तथा भारतका ठूला अस्पतालबाट उपचार सुविधाको लाभ लिएका छन्। आउँदा दिनमा यो सेवा र सेवाग्राही बढ्ने निश्चित छ।’
भारतले २०१८ फेब्रुअरीदेखि हालसम्म पीपीओ पोखराबाट करिब ४५ हजार भूपूहरुको पेन्सन खाता खोलेको समेत उनले जानकारी दिए। धेरै मेहनतपछि अबदेखि ६० हजार भूपूको पेन्सन मासिक रुपमा पठाउने व्यवस्था गरिएको शर्माले सुनाए।
शर्माले भने, ‘नेपालभर रहेका नेपाल एसबीआई बैंक वा एभरेष्ट बैंकको जुनसुकै खाताबाट पेन्सन भुक्तान लिन सकिन्छ । एटीएम र डेबिट कार्डबाट समेत पेन्सन लिने सुविधा छ ।’
यस वर्ष पीपीओ पोखराले ३ लाख, ६८ हजार ७ सय १० जना गोर्खा भूपूलाई २५ अर्ब १० करोड ४३ लाख रुपैयाँ पेन्सन वितरण गरेको छ। त्यसैगरी ६ करोड बढी रकम एसीडब्लु, एजीआइ, सीइए, आसाम राइफल्स ग्राण्ट र अन्य रहलपहलको लागि भूपूहरु र उनीहरुक आश्रित परिवारलाई वितरण गरिसकेको पीपीओ पोखराले जनाएको छ।
भारतले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ। भूपूको सुविधाका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सौर्य उर्जा लगायत क्षेत्रहरुमा सहयोग पुर्याउँदै आएको छ।
कार्यक्रममा भारत र नेपाल दुवै देशको राष्ट्रिय गान गाइएको थियो। नेपाल–भारतमैत्री विद्यालयका बालबालिका र भूतपूर्व पुन समाजले मार्चपास गरेका थिए।
विद्यार्थीले नेपाली र भारतीय सांस्कृतिक कार्यक्रम एवं खेलकुदका डेमोन्स्ट्रेसन प्रस्तुत गरेका थिए।
सो अवसरमा ले.क.शर्माले इन्टरबटालियन भलिबल प्रतियोगिता विजेता फोर वान जीआरलाई ट्रफी वितरण गरे भने भूतपूर्व गोर्खा ले.क. झुमबहादुर गुरुङ र एसएम अनरी क्या. तुलसीप्रसाद गुरुङले ‘भूपू स्मारिका –२०१८’ संयुक्त विमोचन गरे।
सन् १९५० जनवरी २६ मा भारतमा संविधान लागू भएको थियो। ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकारसम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारत तथा उसका दूतावास रहेका देशमा समेत दिवस मनाउने गरेको छ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचनको जन्मजयन्तीमा दोहोरी
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
बसपार्क हस्तान्तरण
महिला उद्यमीले सिकायो च्याउ खेती
आँखा शिविरमा २१५ को परीक्षण
hero news full width
मुख्य समाचार
असार सकिन लाग्यो, मलको पत्तो छैन
अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९अर्थमन्त्री कि अनर्थ मन्त्री !
असार २१, २०७९