पोखरा, १२ माघ । मगर भाषा प्रतिष्ठान, कास्कीको तेस्रो साधारणसभाबाट रुद्रबहादुर हितानमगर पुनः अध्यक्ष चयन भएका छन् । कार्यसमिति उपाध्यक्षमा यामबहादुर थापामगर, सचिवमा रुद्रबहादुर श्रीसमगर र कोषाध्यक्षमा मीना थापामगर चयन भए । सदस्यमा कुमार थापामगर, कृष्ण मिगीन मगर र ईश्वरी थापामगर छन् ।
प्रतिष्ठान पूर्व अध्यक्ष फूलकुमारी थापामगरको नेतृत्वमा नुनु रानामगर र टोलमाया थापामगर सदस्य रहेको निर्वाचनमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो।
यसअघि, साधारणसभा उद्घाटन गर्दै मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष लोकबहादुर थापामगरले मगर भाषालाई बोली, व्यवहारमा प्रयोग गर्नुपनेर्मा जोड दिए। मानव जातिका लागि भाषा अति महत्वपूर्ण कुरा भएको भन्दै थापामगरले नेपालमा भाषिक समानता आवश्यक रहेको बताए। मगर भाषालाई सरकारी कामकाज र पठनपाठनमा प्रयोग गर्नुपर्ने बताउँदै उनले नयाँ पुस्तामा भाषाप्रति चासो जगाउनुपर्ने उल्लेख गरे। मगर भाषा प्रतिष्ठान, कास्की सल्लाहकार एवं नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगरले मगर भाषाको मौलिकता बचाउनुपनेर्मा जोड दिँदै विकास गर्ने नाममा जथाभावी भने गर्न नहुने बताए।
नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले मगर भाषा बोल्न नजान्ने मगरहरूका लागि मगर भाषा प्रतिष्ठानले मगर भाषा कक्षा सञ्चालन गर्नुपनेर्मा जोड दिए।
पोखरा विश्वविद्यालय प्रशासकीय अधिकृत टोलमाया थापामगरले मगर भाषाको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याइन् ।
मगर भाषा प्रतिष्ठान, कास्की अध्यक्ष रुद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रुद्रबहादुर श्रीसमगर र उपाध्यक्ष यामबहादुर थापामगरले स्वागत गरेका थिए।
Related News
सम्बन्धित समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
सुनिन छाडे असारे भाका
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री पोखरेल
असार १५ : दहीच्युरा खाएमा औषधिको काम गर्छ
बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९