पाउँदुर महोत्सव हुने

आदर्श समाज सम्वाददाता
माघ १३, २०७५
annapurna wada 3 progrem photo_Fotor

पाउँदुर महोत्सवबारे छलफलमा जुटेका अन्नपूर्ण ३ का बासिन्दा। तस्वीरःश्रीभद्र पौडेल/आदर्श समाज

पाउँदुर महोत्सवबारे छलफलमा जुटेका अन्नपूर्ण ३ का बासिन्दा। तस्वीरःश्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, १२ माघ। अन्नपूर्ण गाउँपालिका ३ मा आगामी वर्ष पाउँदुर महोत्सव हुने भएको छ।

शनिवार बसेको वडा भेलाले पाउँदुर युवा संजाल तथा वडा कार्यालयको संयुक्त आयोजनामा महोत्सव गर्ने निर्णय गरिएको हो ।

महोत्सव पाउँदुरको पहिचानसँग जोडिने वडाध्यक्ष चन्द्रबहादुर गुरुङले बताए । यसबारे सरोकारवालाबीच थप छलफल गरी चाँडै नै मिति तय गरिने वडाध्यक्ष गुरुङको भनाइ छ।

महोत्सवमा कृषि तथा जडिबुटी प्रदशएनी, पाउँदुरको संस्कृतिको पहिचान तथा अन्य विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने भेलाले निर्णय गरेको छ।

सो भेलाले मुख्यमन्त्री कृषि कार्यक्रमबारे पनि छलफल गरेको छ। यस वर्ष सो कार्यक्रमअन्तर्गत उक्त वडामा ३० लाख बजेट विनियोजन भएको छ।

भेलाले कार्यक्रम सफल बनाउन विश्वनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ।

समितिको उपसंयोजकमा फणिन्द्रप्रसाद पौडेल, सचिवमा ओमप्रसाद पौडेल र कोषाध्यक्ष पार्वती पौडेल चयन भएका छन।

अन्य सदस्य थप गरिनेछ। कार्यक्रम वडाध्यक्ष गुरुङको अध्यक्षतामा भएको थियो।

Related News

सम्बन्धित समाचार

  • पोखरामा सामुदायिक थियटरको माग

    विजय नेपाल चैत्र १४, २०७९
    पोखरा । कलाकार जसु गुरुङ पोखरा झर्दा पहिले पहिले यहाँ नाटक हुन्थ्यो भन्ने मात्र सुनेकी थिइन् । गण्डकी प्रज्ञा प्रतिष्ठान…
  • प्रहरी कार्यालयको भवन शिलान्यास

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    लेखनाथ । इलाका प्रहरी कार्यालय डाँडाको नाकमा ६ कोठे पक्की भवन सोमबार शिलान्यास गरिएको छ । भवनको पोखरा २६ का…
  • अमरसिंहको ६७ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । अमरसिंह नमुना माविको ६७ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भयो । समारोह उद्घाटन गर्दै…
  • सेनाले गर्‍यो बम डिस्पोज

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    नवलपुर । पूर्वी नवलपरासीको विनयीत्रिवेणी ५, सर्दीमा फेला परेको बेवारिसे बम नेपाली सेनाले डिस्पोज गरेको छ । आइतबार स्थानीयले खेतमा…
  • तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । स्याङ्जा सेतीदोभानकी सन्तोषी ढकाल पोखरा आएर बसेको करिब १३ वर्ष भयो । सुरुको १० वर्ष मालेपाटनमा बसेकी उनी…

hero news full width